उसु खेलाडी वीरमानलाई दिइयो श्रद्धाञ्जली

पोखरा । आइतबार निधन भएका उसु खेलाडी वीरमान वाइबालाई सोमबार अन्तिम श्रद्धाञ्जली दिइएको छ । अन्तिम श्रद्धाञ्जली दिन उनको शवलाई त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा राखिएको थियो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले वीरमानको शवमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए ।

यसै गरि राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाली सेनाका उच्च पदस्थ अधिकृत, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीका संघका अध्यक्ष दीपक श्रेष्ठ, राखेपका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जन, उसु र क्योकुसिनका खेलाडी, प्रशिक्षकलगायतले उनको पार्थिव शरीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सो अवसरमा नेपाली सेनाले श्रद्धाञ्जली सभामा अन्तिम सलामी दिएको थियो । वीरमान नेपाली सेनामा आबद्ध थिए ।

वीरमानको आइतबार काभ्रेको बेथानचोकस्थित निवासमा निधन भएको थियो । २०५० सालमा जन्मिएका वीरमान उसु खेल्नु अघि क्योकुसिन करातेका खेलाडी हुन् । उनको सोमबार नै स्वयम्भूमा अन्त्येष्टि गरिएको नेपाल उसु महासंघले जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close