गण्डकी प्रदेश सरकारको खेलकुद बजेटः कहाँ र कति ?

खेलकुद बजेट कार्यान्वयनमा जोड दिन्छौ–मन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले केही दिन अघि गण्डकी प्रदेशको आर्थिक वर्ष २०७७/०७८ को बजेट विनियोजन अन्तरगत खेलकुदका पुर्वाधार निर्माण र नवौ राष्ट्रिय खेलकुद तयारीका लागि भन्दै ९ करोड ८५ लाखको बजेट प्रस्तुत गरे ।

खेलकुदको केन्द्रविन्दुको रुपमा रहेको गण्डकी प्रदेशको भौगोलिक संरचना अन्तरगत रहेर बजेट विनियोजन भएको मन्त्री गुरुङको भनाइ छ । खेलकुदलाई  बजेट छुट्याउदा प्रदेशका  हिमाल, पहाड र तराईलाई समेट्ने प्रयास भएको मन्त्री गुरुङले बताए । प्रस्तुत बजेटमा ८ करोड  ३५ लाख  खेलकुद पुर्वाधार विकास र १ करोड ५० लाख नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि छुट्टायाएको  छ ।

सरकारले प्रदेश खेलकुद एकेडेमी संगै जिल्ला स्तरिय खेल मैदान तथा कभर्डहलहरु निर्माण संगै उच्च उचाई खेल मैदान, गल्फ, अन्तर्राष्ट्रिय क्रिकेट मैदान, खेलकुदका प्रतियोगिता सञ्चलान, पोखरा म्याराथन, मुख्य मन्त्री कप फुटबल प्रतियोगिता, स्थानिय तह हरुमा खेलकुद मैदान निर्माणलाई समेत बजेट निर्धारण गरेको छ । प्रदेश सरकारले विगत तिन वर्ष देखि लगातार बजेट छुट्टायाए पनि सरकारले भन्दै आएको खेलकुदका तिन वटा प्राथमिकताका विषय मध्ये उच्च उचाई ट्रेनिङ सेन्टर, गल्फ र क्रिकेटको रकम भने वर्षेनी फ्रिज हुँदै आएको छ ।

तर यो वर्ष भने छुट्टाएको बजेटको कार्यान्वयनमा ध्यान दिने आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ बताउँछन । उनी भन्छन–“विगतमा खेलकुदको बजेट कार्यान्वयनमा देखिएको समस्या अव हल हुन्छ, हामी यसतर्फ पुरै सचेत ढङ्गले अगाडी बढ्छौं ।” उनले यस वर्ष पनि विकास बजेटतर्फ ध्यान दिंदा खेलकुदमा बजेटको सिमा सोचे जस्तो हुन नसेकेको बताउँदै जति बजेट आएको छ त्यसको स्थायीरुपले कार्यान्वन गर्न जोड दिनुपर्छ ।

खेलकुदको पुर्वाधार बिकासका लागि संघिय र प्रदेश सरकार दुवैले मिलेर शंयुक्तरुपमा गर्न सके अझै राम्रो हुने बताउँदै मन्त्री गुरुङले भने–“यसमा संघिय सरकारको साथ आवश्यक हुन्छ ।” उनले पोखरा म्याराथनलाई प्रदेशको अपनत्व संगै ट्रेड मार्क प्रतियोगिताका रुपमा अघि बढाउँदै पुरस्कार राशीलाई समेत वृद्धी गर्नुपर्ने तर्फ जोड दिए । उनले भने–“पोखरा म्याराथनको पुरस्कारको राशी आवश्यक्ता अनुसार प्रत्येक वर्ष बढाउँदै लैजानु पर्छ, जसका कारण अन्तर्राष्ट्रिय खेलाडी पोखरा आउन सकुन ।”

कुन खेल र पुर्वाधारमा कति ?

  • गण्डकी (परम्परागत) ठेलो प्रतियोगिता नियम निर्माण र प्रतियोगिता १० लाख ।
  • मुस्ताङमा सञ्चालनहुने स्की खेल प्रवर्धन १० लाख ।
  • मुख्य मन्त्री कप फुटबल प्रतियोगिता ४० लाख ।
  • गण्डकी (परम्परागत) तारो प्रतियोगिता र आयोजनालाई १० लाख ।
  • विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन एवम सहभागिता ७५ लाख ।
  • नवौ राष्ट्रिय खेलकुद खेलाडी प्रशिक्षण र व्यवस्थापन १ करोड ५० लाख ।
  • प्रदेश स्तरिय युवा तथा खेलकुद निती नियम निर्माण ५ लाख ।
  • किशोरीहरुको आत्मरक्षा तालिम १५ लाख ।
  • नगरपालिका संगको समन्वयमा रंगशालाको निर्माण २ करोड ।
  • मुस्ताङमा स्की खेल डिपिआर तयारका लागि १५ लाख ।
  • अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण २ करोड ।
  • गल्फकोर्ष जग्गा प्राप्ती र डिपिआर निर्माण ५० लाख ।
  • गाउँपालिका संगको समन्वयमा एक स्थानिय तह एक खेल मैदान निर्माणकार्यका लागि ४ करोड ६० लाख ।
  • उच्च उचाई तालिम केन्द्रको डिपिआर तयारीका लागि ५० लाख ।
  • प्रदेश स्तरिय बहुउद्धेश्यिय रंगशालाको छनौट र डिपिआर निर्माणका लागि ५० लाख ।
  • जिल्ला स्तरिय रङ्गशाला छनौट र डिपिआर निर्माणका लागि ५० लाख ।
  • गोरखा पालुङटार नगरपालिकामा लिग लिग रंगशाला निर्माणका लागि ५० लाख (शर्सत अनुदान)
  • एक स्थानिय तह एक खेल मैदान निर्माण अन्तरगत २३ वटा गाउँपालिका र ९ वटा नगरपालिकामा खेलकुद मैदान निर्माण गर्न १०–१० लाख गरि ३ करोड २० लाख ।
  • रातीहखहरे खेलमैदान पोखरा १५ निर्माण तर्फ शर्सत अनुदान र समपुरक गरि ६० लाख ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close