पोखरा फेवाताल किनारको विच भलिवल कोर्टः कतै वालुवामा पानी हुने त होइन ? सरोकारवाला के भन्छन–भिडियो सहित

पोखरा । पोखरामा गर्त वर्ष उत्साहजनक रुपमा १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत विच भलिवल सम्पन्न भयो । नेपालले ऐतिहासिक पदक समेत हासिल गर्यो । पहिलो पटक पोखराको फेवाताल किनारमा ४ वटा विच भलिवल कोर्ट समेत निर्माण गरिए ।

नेपालको विच भलिवलको खेलको विकासमा महत्वपुर्ण रहेपनि यति बेला संरक्षणको अभावमा राज्यले खर्च गरेको ५२ लाख समेत वालुवामा पानी हुने भएको छ । “पोखरा आफैमा धेरै पानी पर्ने ठाउँ त्यही पनि विच भलिवल मैदानमा राखिएको वालुवा नवगोस भन्नका लागि केही प्रयास गरेका छौं” कास्की जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुलीले भने–“तर पनि संरक्षण गर्न समस्या भएको छ ।”

खेलकुद र पर्यटनकर्मीहरु के भन्छन त विच भलिवल कोर्टको संरक्षणका लागि

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गत मंसिरमा सम्पन्न सागमा ५२ लाख भन्दा वढी रकम खर्च गरेर ४ वटा कोर्टको निर्माण सम्पन्न गरेको थियो । विशेष गरि समुन्द्र किनारमा हुनुपर्ने पोखराको विच भलिवल कोर्ट भने फेवताल किनारमा निर्माण गरिएको हो । १३ औं सागमा सहभागी खेलाडीहरुले समेत यो कोर्टमा खेल्न पाउनु छुट्टै आनन्द आएको बताएका समेत थिए ।

फेवातालको किनारसंगै प्राकृतिक छटाले भरिपुर्ण माछापुच्छ्रेको काखमा अवस्थित यो भलिवल कोर्ट भने यति बेला संरक्षणको अभाव खट्किएकोमा चिन्ता व्यक्त गर्छन गण्डकी प्रदेशका सांसद राजिव पाहारी । उनले भने–“हामी पोखरालाई खेलकुद पर्यटनको हव त बनाउँछु भन्छौ, यस विषयमा हामी गम्भिर पनि छौं तर यो ठाउँ अझै पनि नेपाल ट्रष्टको नाममा रहेको हुँदा समस्या छ ।”

“मैले पटक पटक यसका लागि आवाज उठाइरहेको छु, यो गाण्डकी प्रदेशको सम्पती हो र यसको उपभोग पनि प्रदेश सरकारले गर्न पाउनु पर्छ” सांसद पाहारीले भने । उनले उक्त जग्गा प्रदेशको नाममा आउने वित्तिकै संरक्षणका लागि पनि संरक्षण गर्न सहज हुने बताउँदै नवौ राष्ट्रिय खेलकुदको तयारीका लागि पनि प्रदेश सरकारले पहल थाल्ने बताए ।

पोखरालाई खेलकुद पर्यटनको हवको रुपमा विकास गर्न यो कोर्टले भुमिका खेल्ने भए पनि अहिलेको अवस्था देख्दा आफुलाई निकै दुख लागेको बताउँछन राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ । “हामी अव नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा पनि छौं, खेलाडीको उत्पादनमा हामीले ध्यान पनि दिनुछ भने अर्को तर्फ निर्माण भएका पुर्वाद्धारहरुको संरक्षण पनि खाँचो छ” उनले भने । यसका लागि आफुले सदस्य सचिब संग समेत सल्लाह गरिसकेको र संरक्षणका लागि छिट्टै अगाडी बढने उनले बताए ।

यता पोखरा महानगरका वडा नं ६ का सदस्य समेत रहेका हरि पाहारीले यस्तो प्राकृतिक रुपले भरिपुर्ण स्थानमा रहेको विच भलिवलको संरक्षणका लागि महानगरमा आफुहरुले आगामी बजेट विनियोजन गर्न पहल गर्ने बताए । उनले भने–“यो निकै महत्वपुर्ण ठाउँमा हो खेलकुद र पर्यटनका लागि समेत महानगर यस्ता पुर्वाद्धारको संरक्षणमा ध्यान दिनुपर्छ भन्नेमा नै रहेको छ ।”

भएका बनेका पुर्वाद्धारहरुको संरक्षणमा ध्यान नदिंदा राज्यको सम्पती त्यसै खेर गएको प्रती चिन्ता व्यक्त गर्दै नेपाल पर्यटन बोर्डका पुर्व सदस्य अग्नी कंडेलले जुन उद्धेश्यका साथ विच भलिवल कोर्टमा लगानी भयो त्यसको सहि सदुपयोग नहुँदा समस्या रहेको बताए । उनले भने–“पर्यटनलाई विश्व बजारमा आर्कषित गर्न यस्ता खेल पुर्वाद्धारको महत्वपुर्ण भुमिका रहने भएपनि संरक्षण र सम्वद्र्धनमा विशेष ध्यान दिन र पर्यटन मैत्री व्यवस्थापनमा ध्यान दिन आवश्यक छ । उनले खेल पर्यटन संग समवन्धित पर्यटकहरु पोखरामा आउने भएकोले र नवौ राष्ट्रिय खेलकुदको तयारीका लागि पनि राज्यले कुनै मुल्य चुकाउन नहुनेमा जोड दिए ।

त्यसै गरि पर्यटनकर्मी तथा खेलप्रेमी सूर्य भुजेलले पोखरामा विच भलिवल कोर्टको एक अनुपम सम्पतीको रुपमा निर्माण भएको बताए । देश विषम परिस्थिती रहेकै बेला पर्यटन संगै खेलकुदको विकास भएमा यसले सबै क्षेत्र लाभान्वित हुन सक्ने बताए । उनले भने–“यहि विच भलिवल निर्माणा पछि हामीले एक अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता समेत तयारी थालेका थियौं तर कोरोनाका कारण सम्भाव भएन ।”

अर्का खेलप्रेमी गोपी भट्टराइले अहिलेको निर्माण भएका पुर्वाद्धारहरु संरक्षण हुन नसक्दा दुःख लाग्नु स्वाभाविक भएको बताए । यस्ता खेल पुर्वाद्धारले पर्यटन र खेल विकासका लागि महत्वपुर्ण हुने भए पनि तिन तहका सरकारका अझै पनि विच समन्वय नहुनु र पुर्वाद्धारको संरक्षण र सम्वर्धन नहुनु र यस्ता पुर्वाद्धारहरुमा भएका लगानी समेत खेर लाग्न जाँदा भावी पिढीले समेत समस्या भोग्नु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close