एपिएफले उपाधी रक्षा गर्दै उचाल्यो ट्रफी

पोखरा, सशस्त्र प्रहरी बलको एपिएफ क्लबले पाँचौ आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिला तर्फ उपाधी रक्षा गर्दै ट्रफी उचाल्न सफल भएको छ ।

एपिएफले चिर प्रतिद्वन्दि होङ्गवान्जी न्यू डायमन्ड क्लबलाई २५–२३, २५–२१, २३–२५, २५–१८ ले पराजित गर्दै उपाधी उचालेको हो । तेश्रो सेटको अन्ततिर स्टार खेलाडी प्रतिभा माली घाईते हुन पुगेता पनि डायमन्डले २५–२३ को जित निकाल्यो । निकैनै प्रतिस्पर्धात्मक खेलमा न्यू डायमन्डले अंकको बढतालाई कायम राख्न नसक्दा राष्ट्रिय खेलाडीले सज्जित एपिएफलाई उपाधी सुम्पन बाध्य भएको हो ।

बिजेता एपिएफले दुई लाख नगद सहित, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो भने दोश्रो भएको न्यूडायमन्डले नगद १ लाख सहित मेडल र प्रमाण पत्र प्राप्त ग¥यो ।

पुरुष तर्फको भने एपिएफ हेल्प नेपाल स्पोर्टस् क्लब संग निरिह बन्यो । भारतिय तीन खेलाडी र भारतिय सेनाका नेपाली खेलाडीहरुले सज्जित हेल्प नेपालले एपिएफलाई पहिलो सेटमा २५ – १७ ले पराजित ग¥यो । यस्तै दोश्रो सेटमा २५–१४ र तेश्रो सेटमा २५–२१ ले पराजित गर्दै नगद २ लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । दोश्रो भएको एपिएफले नगद १ लाख सहित मेडल र प्रमाण पत्र प्राप्त ग¥यो ।

च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी महिला तर्फ न्यू डायमन्डकी प्रतिभा माली र पुरुष तर्फ हेल्प नेपालका अमित भए । उनीहरुले नगद २५–२५ हजार प्राप्त गरे । यस्तै उत्कृष्ट स्पाईकरमा पुरुष तर्फ आर्मीका राजेन्द्र बिष्ट र महिला तर्फ एपिएफकी सरस्वती चौधरी, उत्कृष्ट सेटरमा पुरुष तर्फ हेल्प नेपालका बिकास कुमार र महिला तर्फ एपिएफकी बिनिता बुढाथोकी, उत्कृष्ट ब्लकर पुरुष तर्फ हेल्प नेपालका याम क्षेत्री र महिलामा सेनाकी सुनिता खड्का, उत्कृष्ट सर्भरमा पुरुष तर्फ एपिएफका बिजय थापा र महिला तर्फ न्यू डायमन्डकी प्रतिभा माली, उत्कृष्ट लिबेरोमा पुरुष तर्फ एपिएफका बिनोद चन्द र महिला तर्फ न्यू डायमन्ड सलिना श्रेष्ठ भए । विधागत तर्फका उत्कृष्ट प्रत्येकले नगद १० हजा प्राप्त गरे ।

उत्कृष्ट प्रशिक्षकमा महिला तर्फ एपिएफका महेश चौधरी र पुरुष तर्फ हेल्प नेपालका सोम बिक्रम बलवान सिंह भए । उत्कृष्ट प्रशिक्षकले पनि नगद १० हजार प्राप्त गरेका थिए ।

नेपाल भलिबल संघको आयोजनामा भएको च्याम्पियनसिपमा पुरुष र महिला दुवै तर्फ नेपाली सेनाको टिएसीले तेश्रो स्थान हात पार्न सफल भयो । टिएसीले दुवै विधामा पुलिस क्लबलाई पछि पारेको हो । पुरुष तर्फ २५–१८, २५–१८, २५–२० ले तथा महिला तर्फ २५–२२, २५–१३, २५–२१ को सोझो सेटमा पराजित गर्दै टिएसीले तेश्रो स्थान प्राप्त गरेको हो । सेनाले दुवै बिधामा गरि १ लाख सहित मेडल, प्रमाण पत्र प्राप्त ग¥यो ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल, प्रमुख प्रायोजक राष्ट्रिय बाणिज्य बैकका अध्यक्ष निर्मल हरि अधिकारी, प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close