गण्डकी प्रदेशको निति तथा कार्यक्रमः खेलकुदको बिकासका लागि ऐन तर्जुमा गरिने

पोखरा । गण्डकी प्रदेशको खेलकुदको संस्थागत बिकासका लागि ऐन तर्जुमा गरिने आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेश सभामा प्रस्तुत गरेको निति तथा कार्यक्रममा प्रदेश सरकारले खेलकुदको संस्थागत बिकासमा जोड दिईएको हो ।

नेपाल सरकार सङ्गको सहकार्यमा बहुउद्धेश्यिय अन्तर्राष्ट्रिय रंगशालाका साथै ‘हाइअल्टिच्युड’ तालिम केन्द्र, क्रिकेट रंगशाला पुर्वाद्धार निर्माणलाई निरन्तरता दिने जनाइएको छ । यसै गरि संघिय सरकार सङ्गको सहकार्यमा प्रत्येक जिल्लामा रंगशालाको निर्माण गर्ने निति लिइने निति तथा कार्यक्रममा बताइएको छ ।

प्रदेशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता गर्न संघिय सरकार सङ्ग सहजिकरण गर्ने जनाइएको छ । यस संगै गत वर्ष मंसिरमा सम्पन्न आठौं एशियाली खेलकुदमा गण्डकी प्रदेश बाट विजेता खेलाडीलाई नगद प्रोत्साहन रकम सहित सम्मान गरिने प्रदेश सरकारले निर्णय गरिसकेको प्रदेश प्रमुख शेरचनले उल्लेख गरे ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close