पोखरा रंगशाला बैकल्पिक फुटबल मैदानको काम सम्पन्न

पोखरा, कोभिड १९ का कारण जारी लक डाउनका विच पोखरा रंगशालामा निर्माण सुरु गरिएको बैकल्पिक फुटबल मैदानको काम सम्पन्न भएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भए संगै सागमा सम्पन्न हुन नसकेका अतिरिक्त निर्माणका कामहरु लक डाउन जारी रहेपनि तिव्र रुपमा काम भइरहेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीले निर्माण गर्दा गर्दै विचमानै अलपत्र छोडेको उक्त बैकल्पिक फुटबल मैदान राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश गुरुङको निर्देशन तथा नेतृत्वमा सम्पन्न भएको हो ।

युवा तथा खेलकुद मन्त्रालयले नवौ राष्ट्रिय खेलकुद तयारीका लागि भन्दै ९३ लाख राष्ट्रिय खेलकुद परिषद मार्फत बजेट विनियोजन गरेको थियो । करिव ११५ मिटर लम्वाई तथा ६५ मिटर चौडाई रहेको उक्त मैदान सम्याउने र दुवो रोप्ने काम सम्पन्न गरिएको राखेप सदस्य गुरुङले बताए । मैदानमा वरमुडा दुवो रोपिएकोले अवको दुई महिना भित्र खेल्न लायक मैदान हुने उनले बताए ।

करिव ८५ जना निर्माणकर्मीले डेढ महिनाको अवधीमा सम्पन्न गरिएको उक्त मैदान निर्माण सम्पन्न भएपछि मुख्य रंगशाला हुँदै आएका साना प्रतियोगितहरु अव बैकल्पिक मैदानमा हुने राखेप सदस्य गुरुङले बताए । “कोभिड १९ का कारण लक डाउन थियो, धेरै मजदुरहरु काम नपाएको अवस्था, खाने समस्यमा थिए, हामीले काम दाम संगै माम पनि दियौं” उनले भने–“सोचे भन्दा राम्रो र छिटो काम सम्पन्न भयो ।”

बैकल्पिक खेल मैदानको काम सकिए संगैं मैदानमा करिव ५० जना दर्शक क्षमताको प्यारापिट सहितको मञ्चको काम सुरु गरिएको राखेप सदस्य गुरुङले बताए । उनले भने–“यहाँ अव हामीले चेन्जिङ रुम र मञ्च बनाउँदै छौं, तर बजेट अभावका कारण समस्या छ, तर पनि काम सम्पन्न गर्नेमा हाम्रो टिम दृढ छ ।” बैकल्पिक मैदान निर्माण गर्न पोखरा रंगशालामा विभिन्न खेलका प्रशिक्षकहरुले समेत स्वयसेवी भुमिका खेलेका थिए ।

संधै झाडीले वेरुप हुने रंगशाला परिसर यति बेला चारैतिर हरियाली र सरसफाईलाई विशेष रुपमा अघि बढाएको राखेप सदस्य गुरुङले बताए । क्रिकेट खेल मैदान, मुख्य फुटबल मैदान, कार्यालय परिशर लगाएतका ठाउँमा दुवो रोप्ने, फुल रोप्ने लगाएतका कामहरु पनि धमाधम गरिएको छ । आगामी फागुन २० देखि २७ गते सम्म पोखरामा आयोजना हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि रंगशालालाई भव्यता दिन लागिएको उनले बताए ।

पोखरा रंगशालाको मुख्य फुटबल मैदानको दुवो पनि यति बेला गोड्न र लामो भएको दुवोलाई मेशिनले काट्ने काम भइरहेको छ । दुवो नपलाएको केही भागमा बरमुडा दुवो रोप्ने तयारी समेत भइरहेको राखेप सदस्य गुरुङले बताए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close