मञ्चले सुरु गर्यो १५ औं पोखरा म्याराथनको तयारी, असौजमा ५ र १० किलोमिटर दौड आयोजना गर्ने

पोखरा, अग्रज खेलाडीहरुको छाता संस्था भुतपुर्व खेलाडी मञ्चको प्रविधीमैत्री बैठक सम्पन्न भएको छ । बैठकमा भएका छलफल बारे जानकारी दिंदै अध्यक्ष तेज गुरुङले पोखरा म्याराथनलाई थप शसक्तरुपमा अगाडी बढाउन आगामी असौजमा ५ किलोमिटर र १० किलोमिटरको दौड आयोजना गर्ने बताए ।

मञ्चले १५ औं पोखरा म्याराथनको तयारी स्वरुप यो बैठकको आयोजना गरेको बताउँदै मञ्चका अध्यक्ष गुरुङले भने–“युवाहरुलाई म्याराथन प्रती आर्कषित गर्न र धेरै खेलाडी उत्पादन गर्न यि दौडले सहयोग पुर्याउने छ” उनले भने–“दौडको संस्कृतीलाई थप बल दिन पनि यसले भुमिका खेल्ने छ ।” पोखरा म्याराथनलाई सिटी म्याराथनको अवधारणा अनुरुप आयोजना हुँदै आएको नेपालको पहिलो म्याराथन भएकोले पनि गण्डकी प्रदेश सरकार र पोखरा महानगरलाई यसको अपनत्व ग्रहण गर्नका लागि थप कार्यक्रमहरुका साथ अघि बढ्ने उनले बताए ।

बैठकमा आफ्नो धारणा प्रस्तुत गर्दै पोखरा म्यारथनको सहयोगी सस्था पोखरेली मञ्च युकेका अध्यक्ष मान प्रसाद गुरुङले पोखरा म्याराथनलाई अझै वढी व्यवस्थित बनाउन खाँचो रहेको औल्याए । उनले भने–“कोभिड १९ को सन्त्रास पछि अवको खेलकुद कसरी अगाडी बढाउने विषयमा अझै गम्भिर र योजनावद्ध तरिकाले अगाडी बढ्न आवश्यक छ ।” उनले पोखरा म्याराथनलाई खेकलुदको हवको रुपमा अगाडी अढाउनु पर्ने बताए ।

त्यस्तै मञ्चका आजिवन सदस्य महेश गुरुङले पोखरा म्याराथनलाई जसरी वेलायत बार्ट तर्फी रुपमा सहयोग भइरहेको छ त्यसलाई मध्येनजर गर्दै यस्तो सहयोगी हातहरु अन्य मुलुकमा रहेका पोखरेली र नेपाली मित्रहरु बाट समेत हुनुपर्ने धारणा राखे । उनले स्रोतको खोजी र त्यसको सहि तरिकाले परिचालन भएमा पोखरा म्याराथनले नयाँ फड्को मार्न सक्ने उनको भनाई थियो ।

पोखरा म्याराथनका अर्का सहयोगी योगेश गुरुङले म्याराथन आयोजनाको दिनको ट्राफिक व्यवस्थापन र खेलाडीको सुरक्षा प्रमुख रहेको र त्यसको सुधारका लागि नयाँ योजना बनाउन सुझाव दिए । उनले नयाँ खेलाडी उत्पादन संगै निर्णायकहरु समेत स्थानिय स्तरमा उत्पादन गर्न सके त्यसले अझ राम्रो सन्देश दिने बताए । युकेका अर्का सहयोगी एवम समाजसेवी सुर्य गुरुङले पोखरा म्याराथनलाई विश्वव्यापी रुपमा प्रचारात्मक अभियानलाई थप बल दिनुपर्ने कुरा औंल्याए । उनले भने–“यदि पोखरा म्याराथनलाई विश्व बजारमा परिचय गराउने हो भने यसलाई विश्वको उत्कृष्ट मिडियाहरुमा जोड्न आवश्यक छ ।”

बैठकमा हङकङ बाट समाजसेवी एवम तेक्वान्दोका पुर्व राष्ट्रिय खेलाडी तुलसी गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट, आजिवन सदस्य जगन गुरुङ, प्रथम उपाध्यक्ष हरि पराजुली लगाएत कार्यसमितीका सदस्यहरु लगाएतले कोभिड १९ पछिको खेलकुद र १५ औं पोखरा म्याराथनका बारेमा आ–आफ्ना धारणा राखेका थिए । उनीहरुले महानगर र प्रदेश सरकारले कोभिड १९ पछिको अवस्था र आगामी बजेटमा खेलकुदलाई विकासलाई कसरी प्राथमिकता दिन्छन त्यस बारे सुझाव दिन पनि आग्रह गरेका थिए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close