
केशव पाठक,
“दाई हजुरले यसरी सोध्नु भयो, म त वितेका ति दिन हरु सम्झिदैं आँखा पो रसाएछन” च्याटिङको अन्तिम शव्द उनले यसरी भनिन–“खोई दाई आधा जिवन त तेक्वान्दोमा नै वित्यो, अब बाँकी जिवन पनि तेक्वान्दोमा विताउँछु ।” इमान्दार, लगनशिल र प्रखर खेलाडीको रुपमा परिचित हुन उनी पोखराकी रेख माया गुरुङ ।”
जिवनका करिव १९ वर्ष भएछ उनले पोखराको माटोमा निरन्तर तेक्वान्दो खेल्न थालेको । जिवनको अभिन्न अङ्ग बनेको तेक्वान्दो रेखको तेक्वान्दो जिवन यति धेरै वर्ष तेक्वान्दोमा वितेको उनले पत्तै पाइनन । हिजो जस्तै लाग्छ उनलाई २०६५ मा काठमाडौंमा सम्पन्न पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दो तर्फ स्वर्ण जितेको । कक्षा ७ मा अम्वर सिंह मावीमा पढ्दा पढ्दै रेख तेक्वान्दोमा छिरिन । त्यस पछि उनले जिवनलाइ पछि फर्केर हेर्नु परेको छैन ।
“घरमा त त्यस्तै थियो, पुग्ने भन्ने त थिदैं थिएन, तर पनि खेलमा निरन्तरता रह्यो”ः रेखले भन्दै गइन–“केटी साथी भन्दा केटा साथी धेरै थिए, मेरो त बानी पनि केटा जस्तै, गुच्चा खेल्थे उनीहरु संग, पत्ता (फोटो) पनि खुव खेले” उनले हास्दै भनिन–“अनि त के थियो उनीहरुकै संगतले तेक्वान्दोमा छिरें ।” त्यसो त मार्शल आर्टमा छिर्ने उनको धोको दाईहरुले पनि पुरा गरे । उनका दाईहरुले कराँते खेल्थे । तर रेख भने लह–लहैमा तेक्वान्दोमा छिरिन ।
करिव दुई दशक लामो खेल जिवनमा रेखले ५ पटक अम्वसाडर तेक्वान्दो च्याम्पियनशिप खेलिन । उनले खेलेको मध्येको नतिजा पनि सकारात्मकनै छन । तिन वटा राष्ट्रिय प्रतियोगिता मध्ये पाँचौ र छैटौमा गोल्ड मेडल जितिन उनले । आठौ राष्ट्रियमा भने पुम्से तर्फ सहभागी उनी पदक विहिन भइन । उनलाई निर्णयमा चित्त बुझेन रे । “पुम्से विद्या आफै पनि निकै कठिन छ खेल्न, निर्णायकको हात अन्तिम हुन्छ, मेरो खेल राम्रो हुँदा हुँदै पनि म पराजित हुन पुगें”ः उनले दुखेसो पोखिन ।
विदेशमा समेत आफ्नो खेलले चकित बनाएकी रेखले हङकङ, थाइल्याण्ड, कोरिया, भारतमा सफलताका कथाहरु छन । उनी कहिल्यै पनि रित्तो हात फर्केकी छैनन स्वदेश । उनले जहाँ खेलिन देशको झण्डा फहराइन । उनले गर्व गर्दै भन्छिन–“विदेशी भुमिमा धेरै पटक देशको झण्डा फहराउन पाएकी छु, त्यसमा मलाई गर्व लाग्छ ।” हङकङमा २०१५ र २०१९ एसियन सिटिज च्याम्पियनशिप, थाइल्याण्डमा सन २०१७ र २०१८ तिराक इन्टरनेशनल गेम्स, सन २०१८ मा कोरियामा कल्चरल एक्स्पो तेक्वान्दोमा गोल्ड, भारतमा सन २०१८ मा नै पुम्से र ग्यारोगी तर्फ गोल्ड जितेको उनको रेकर्ड छ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा हुँदा उनलाई ३० वर्ष भन्दा माथीको क्याटोगरीमा खेल्न निकै रहर थियो रेखलाई । त्यही कुरा कहिले होला भन्ने पर्खाई हरदमनै थियो उनलाई । तर त्यो सपना भने उनको पुरा हुन पाएन । सागमा नेपालका लागि खेलेकी आयाशाले पनि रेखलाई सल्लाह दिएकी थिइन रे खेल्न । तर अन्तिम छनौट कहिले भयो उनले पत्तै पाइनन । न त संघले खवर गर्यो न त प्रशिक्षकहरुले नै । जव छनौट सकिएको खवर पाइन उनी झल्याँस भइन । उनलाई निकै छोयो । नमिठो घाउ वल्झिएको महशुस गरिन । सामाजिक सञ्जाल पनि वन्द गरिन । आयाशा सोझै छनौट भएकी थिइन विना प्रतिष्पर्धा । रेखले त्यो अवसर गुमाउँदा उनको पिडाको त्यो क्षण अझै पनि कतै वल्झिइरहेको अनुभव छ । तर १३ औं सागमा उनले फेन्सिङको निर्णायको भुमिकामा प्रस्तुत भइन । उनी नेपाल फेन्सिङ संघको केन्द्रिय सदस्य समेत रहेकी छन ।
रेखलाई अझै पनि साग खेल्ने रहर मेटिएको भने छैन । “१४ औं साग खेल्छु भने अझै आशा त्यागेकी छैन” उनले भनिन–“खोई १४ औं साग अहिलेको अवस्थामा हेर्ने हो भने हुन्छ वा हुन्न ?” उनको मनमा अझै द्विविधा भने छ । “कहिले काँही यस्ता कुरा सम्झिँदा खोई गेममा के छ भन्ने र अरुलाई भरोसा दिने” जस्तो लाग्छ रे । तर उनले हारेकी भने छैनन । पोखराको माटोले हुर्काएकी चेली रेख भित्र अदम्य शाहस भने मरेको छैन उनी भन्छिन–“अझै प्रशिक्षणमानै छु अझै खेल्छु, आयाशाले सानो वच्चा हुँदा हुँदै पनि खेलिन र देशको शान बढाइन, मैले त भर्खर विहे गरेकी छु, १४ औं साग त अवश्य खेल्छु ।”
तेक्वान्दोमा यति लामो जिवन विताएकी रेखको भने संघले गर्ने व्यवहार प्रती भने रेखको गुनासो रहेको छ । “यति लामो खेलें, खेलाडी उत्पादनमा निरन्तर लागेकी छु तर संघले खासै वास्ता गर्दैन”ः उनले भन्छिन–“सायद महिला खेलाडी भएर होला, योगदानको कदर त हुनु पथ्र्यो त्यो हुन सकेको छैन ।”
पोखरा १४ काजीपोखरी निवासी रेखको दिन चर्या भने प्रशिक्षण गराउनमा नै वित्छ् । सन २०१६ बाट प्रशिक्षण दिन थालेकी हुन । उनले प्रशिक्षण दिएर नै घर खर्च धानेकी छन । उनले आफ्नो क्लव पोखराको १५ मझेरीपाटनमा खोलेकी छन जहाँ दैनिक ६० जनाले प्रशिक्षण लिइरहेका छन । ६ वर्ष देखि २१ वर्ष उमेरकाहरुलाई भविष्यका खेलाडीको रुपमा उत्पादन गर्नु उनको ठुलो ध्येय छ । उनले कोरियाको एक संस्थाले खोलेको प्रशिक्षण स्थलमा पनि गरिव बालबालिकालाई तेक्वान्दो प्रशिक्षण गराइरहेकी छन । त्यहाँ पनि ५० जना छन । रेख खेलाडी मात्रै होइनन । महिला भएर पनि आफ्नो पसिनाको मुल्य कसरी हासिल गर्न सकिन्छ भन्ने उनमा एक योजना छ । खेलले आत्मवल बढाएको छ । उनले त्यस भित्र सपनाको संसार कुँदेकी छन ।
अरुले आफुप्रतीको गरेको रिस र डाहले गर्दानै आज त्यो सफलता प्राप्त गर्न सकेको उनले बताइन । “खेलमा लाग्दा महिलालाई निकै कठिन हुने रहेछ” उनले थपिन–“त्यस माथी पनि रिस गर्ने कति थिए कति, तर विचलित भइन एकनासले खेंले, कसैलाई केही भनिन, रिस गर्नेहरु आफै थन्किए ।”
जहिले पनि खेल जित्दा आफ्नो आमा र बुवालाई एरिना ‘मिस’ गरिन रेखले । जिवनको प्रेरणाको स्रोत मान्छिन रेखले आफ्नो आमा वुवालाई । खेल संगै पढाई गर्न उनको आमाले निकै सघाइन । डिप्लोमा सम्मको पढाइलाई विचमा रोक्न पर्दा उनलाई अझै पनि नमिठो लाग्छ । उनले भनिन–“खेल संगै पढाई निकै कठिन त थियो नै तर पढाई पनि मत्वपुर्ण हुन्छ भन्ने मैले राम्रो संग बुझेकी थिंए ।” अरुले आफुप्रतीको गरेको रिस र डाहले गर्दानै आज त्यो सफलता प्राप्त गर्न सकेको उनले बताइन । “खेलमा लाग्दा महिलालाई निकै कठिन हुने रहेछ” उनले थपिन–“त्यस माथी पनि रिस गर्ने कति थिए कति, तर विचलित भइन एकनासले खेंले, कसैलाई केही भनिन, रिस गर्नेहरु आफै थन्किए ।”
तेक्वान्दोमा यति लामो जिवन विताएकी रेखको भने संघले गर्ने व्यवहार प्रती भने रेखको गुनासो रहेको छ । “यति लामो खेलें, खेलाडी उत्पादनमा निरन्तर लागेकी छु तर संघले खासै वास्ता गर्दैन”ः उनले भन्छिन–“सायद महिला खेलाडी भएर होला, योगदानको कदर त हुनु पथ्र्यो त्यो हुन सकेको छैन ।” तेक्वान्दो गुरु हुन पाएको र समाजले हेर्ने नजर प्रती भने उनी खुसी छन । लामो जिवन तेक्वान्दोमा वितेकोले अव वाँकी जिवन पनि तेक्वान्दोमानै विताउन चाहेको बताउने उनी भन्छिन–“अव आधा उमेर त वितिसक्यो, अव आधा त पक्कै पनि यहि तेक्वान्दोमा नै वित्छ ।”
नोटः कसैले पनि समाचारको अंश कपी नर्गनु होला ।