राखेप सदस्य गुरुङले दिए जुडो खेलाडीलाई राहत

विजय पाठक /पोखरा,
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य राजेश गुरुङले आज खेलाडीलाई राहत सामाग्री वितरण गरेका छन ।

कोभिड १९ का कारण विगत ४२ दिन देखि लकडाउन भएर समस्यामा रहेर खाद्यान्न संकटमा खेलाडी समेत पर्न थालेपछि राखेप सदस्य गुरुङले खेलाडीलाई १–१ बोरा चामल र व्यक्तिगत रुपमा नगद १–१ हजार प्रदान गरेका हुन ।

यस्तो राहत सामाग्री पाउने खेलाडीहरुमा जुडो खेल संग सम्वन्धित रहेका छन । राहत पाउने खेलाडीहरुमा सोमिया तामाङ, सञ्जय सुनार, किशान गुरुङ, रोयल ज्वारचन, पुजा गुरुङ, सोनी थापा र आशिष तामाङ रहेका छन ।

ति खेलाडी मध्ये सोमिया तामाङ सातौ राष्ट्रिय खेलकुदमा रजत पदक र आठौमा काश्य पदक विजेता खेलाडी हुन भने सञ्जय सुनार भने आठौमा काश्य पदक विजेता हुन । अन्य खेलाडी समेत आठौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका लेखा प्रमुख डिबी नेपालीले बताए ।

खेलाडीलाई राहत सामाग्री वितरण गर्दै राखेप सदस्य गुरुङले कुनै पनि खेलाडीलाई भोकै बस्न नर्पने बताउँदै आफ्नो तर्फ बाट सक्दो पहल गर्ने बताए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close