फुटबल बाट नथाकेका दिनेश

केशव पाठक,
उमेरले ६५ टेकिसके दिनेश श्रेष्ठले । तर उनको नशा नशामा फुटबल अझै जिवित छ । पेशाले बैंकर तर विदाको समय उनी अझै पनि मैदान फुटबल संग पोठेजौरी खेल्छन । ४२ वर्ष बैंकमा समेत जागिरे जिवन विताएका दिनेशमा अझै पनि फुटबल बाट टाढीन भने सकेका छैनन ।

पोखरा भिमकाली पाटन बगरका दिनेश श्रेष्ठ १३ वर्षको उमेरमानै मैदान छिरेका हुन । २०२४ सालमा माछापुच्छ्रे कप जुनियर फुटबल बाट उनको खेल जिवन सुरु भएको हो । आँखामा राख्दा पनि नबिझाउने उनको फुटबल र जागिरे जिवनको समिश्रण निकै रमाइलो छ । । “२०२४ सालमा त्यो जुनियर कप जितेर पुरस्कारको नाममा पाएको खसी काटेर खाएको हिजो जस्तै लाग्छ” उनी भन्छन–“फुटबल त धेरै खेलियो तर जिवनको गोरेटो समात्नु थियो बैंकको जागिरे पनि भइयो ।” विद्यालय जिवन र कलेज जिवनमा धेरै खेल खेलेका उनले डिप्लोमा तह सम्म अध्ययन पनि गरेका छन ।

३१ वर्ष कृषी विकास बैंकको जागिरे जिवनको अवकाश पछि ११ वर्ष पोखराकै एक निजी बैक गण्डकी विकास बैक वगर शाखाको नेतृत्व उनलेनै गरेका छन । तर त्यो सफल जागिरे जिवन भन्दा पनि उनको खेल जिवनको आफ्नै लोभ लाग्दो पाटो छ । कहिल्यै नर्विसिने ति क्षणहरु जुन अझै पनि उनले संगालेर राखेका छन ।

२०२८ सालमा १७ वर्षको उमेरमानै नर ट्रफी राष्ट्रिय फुटबल प्रतियोगिता खेले दिनेशले सेती अञ्चल बाट । “यता गण्डकीको टिम बाट अवसर पाउनै गाह«ो हुन्थ्यो” उनले भने–“यता बाट टिममा सबै लाहुरेहरु हुन्थे, अनि सेती बाट खेलें ।” उनले पोखराको पुरानो क्लव हिमाली क्लव बाट धेरै प्रतियोगिताहरुमा सहभागि भए । हिमाली बाट खेल्दा उनका अग्रजहरुमा मोतीमान शाक्य, मदन गौचन, शम्भु कार्की, सुवर्ण बज्राचार्य जस्ता अग्रजहरु क्लव बाट खेल्थे । उनीहरु बाट फुटबलको धेरै ज्ञान समेत लिए । त्यो बेला आनन्द रञ्जित, कैलाश श्रेष्ठ र राम प्रधान उनका दामली थिए ।

विसं २०३२ सालमा दिनेशले गण्डकी बाट शुभजन्मोत्सव खेल्न पहिलो पटक काठमाडौ पुगे । राष्ट्रियस्तरको उक्त प्रतियोगिता ‘वर्थ डे कप’ले चर्चित थियो । महेश गुरुङ, आनन्द रञ्जित, खेम गुरुङ (राम बजार), खेम गुरुङ (रानीपौवा), गंगा गुरुङ, धर्मलाल प्रधान, बाबुराम पुन जस्ता हस्तीहरु टिममा थिए । उनी रमाइलो कुरा सुनाउँछन–“त्यो बेला खेलाडीको लिष्ट, फोटो आवश्यक पर्थेन, मैदानमा गएर उभिए पुग्थ्यो, हेर्दा हेर्दै टिममा त ३२ जना खेलाडी पुगेछन, धेरै जना त काठमाण्डौ पुगेर थपिए ।”

त्यही खेलमा तत्कालिन गण्डकी अञ्चलले वागमतीलाई पराजित गरेर पहिलो पटक रेकर्ड तोडेको थियो । “आज गण्डकीको खेल छ भन्ने दिन दशरथ रंगशालामा दर्शक उर्लेर आउँथे” उनले भने–“त्यो बेला गण्डकीको फुटबल खेलाडीहरुको खेल्ने कला संगै फुटबलको उन्माद थियो ।” त्यही खेल पछि पोखरा फर्किएर उनी जिवनका पाइला अघि बढाउन बैंक तिर छिरे । ति दिन सम्झिंदै उनले भने–“घरमा भने जस्तो भएको भए त को हिड्थ्यो जागिर खान?” फुटबल छोड्नुको पिडा उनमा छँदै थियो तर घर व्यवहारले त्यो भनेन अन्ततः उनी जागिरमा छिरे ।

जागिरे जिवनमा पनि उनको फुटबल प्रतीको मोह भने भङ्ग भएन । २०३३–०३४ सालमा बगरमा युनाइटेड क्लव गठन भयो । उनी पनि क्लवमा आवद्ध भए । जागिरे जिवनमा बाहिर हिडन परे पनि उनले स्थानिय तहका धेरै प्रतियोगिताहरु खेले । विभिन्न अन्तर सस्थान प्रतियोगिताहरुमा पनि उनले व्याडमिन्टन तर्फ सहभागिता जनाए । २०३३ सालमा क्लव स्तरिय प्रतियोगिता खेल्न उनी विराटनगर पुगे । तत्कालिन पाल्पा जिल्लामा आयोजना हुने करुवा कपमा कहिले हिमाली क्लव त कहिले युनाइटेड क्लव बाट खेले ।

उनी हाँस्दै थप्छन–“अझै पनि दौडने हो भने मैदानमा मलाई भेटन गार्है हुन्छ ।” सहारा क्लव पोखरा र बगरभाइखलक बाट सम्मानित भएका उनको फुटबल प्रतीको त्यो मोह जिवनका साढे छ दशक सम्म उत्तिकै जिवित छ । उनी फुटबल प्रतीको मोहमा स्वरलाई अझै तिखो पार्दै भन्छन––“अझै त थाकेको छैन ।”

आफ्नो जागिरे जिवनमा २०३९ सालमा बागलुङ पुगेका दिनेशलाई फुटबल नदेख्दा दिक्क लागेर आउँथ्यो । फुटबलमा भिजेका उनलाई बागलुङको वाङ्गेचौरको समतल ठाउँले जिस्काइरह्यो । त गर म पुर्याउँछु भने जस्तै भयो उनलाई त्यहाँ । उनी संगै काम गर्ने एक जना जापानी मित्र थिए । उनले जापान बाट दुई बटा बल मगाईदिए । युवाहरुलाई जम्मा पारे उनले । जंगल बाट रुख काटेर गोलपोष्ट बनाइयो । युवाहरुलाई फुटबलको प्रशिक्षण दिए । आफै रेफ्रि, आफै आयोजक भएर प्रतियोगितानै सञ्चालन गरे उनले । यो बागलुङ्गको लागि फुटबलमा टर्निङ पोइन्टनै थियो ।

विसं २०५३ मा पनि उनको जागिरे जिवनको यात्रा पाल्पाको मदन पोखरा पुग्यो । उनले त्यहाँ पनि युवाहरुलाई फुटबलको प्रशिक्षण दिए । पाल्पाको मणिमुकुन्द कपमा उनले प्रशिक्षण दिएका युवा टिमले एक खेल जित्यो पनि । “गाउँले युवाहरु निकै जोसिला थिए । उनीहरुलाई केही टेक्निक चाहिन्थ्यो । त्यो मैले सिकाए” उनले भने । त्यसैले पनि उनलाई जिवनमा फुटबलको खेलाडी बन्ने रहर संगै फुटबल प्रशिक्षक त हुन सक्छु कि भन्ने संधै मनमा पलाईरह्यो ।

धेरै आशा लिएर मञ्चको टोली तत्कालिन राखेप सदस्य सचिब किशोर बहादुर सिंह र एन्फाका अध्यक्ष गणेश थापाकोमा पुगे । तर पर्खाल लगाउने विषयमा कोही पनि कुरा गर्नै चाहेनन । त्यसले उनलाई निकै छोयो, दिक्क पनि लाग्यो तर मनमा अठोठ भने थियो । अनि त कस्सिएर पर्खाल लगाउने कुरामा लागि परे अनि त्यसलाई फत्ते नगरिञ्जेल सम्म बसेनन ।

तर, प्रशिक्षक हुन नसकेपनि उनी एन्फा कास्कीमा दुई–दुई पटक कोषाध्यक्ष बने । एक पटक कार्यसमितीको सदस्य भएर एन्फा कास्की हाँके । जिल्ला खेलकुद विकास समिती कास्कीको कोषाध्यक्ष समेत रहे भने भुतपुर्व खेलाडी मञ्च नेपालको कोषाध्यक्ष समेत रहे । अहिले मञ्चको कार्यसमिती सदस्य छन भने अखिल नेपाल फुटबल संघको आर्थिक समितीको सल्लाहाकार समेत रहेका छन ।

एउटा कुरा अझै ताजा छ दिनेशलाई त्यो हो रंगशालाको पर्खाल घेर्न लागेको समय २०६१ मा । धेरै आशा लिएर मञ्चको टोली तत्कालिन राखेप सदस्य सचिब किशोर बहादुर सिंह र एन्फाका अध्यक्ष गणेश थापाकोमा पुगे । तर पर्खाल लगाउने विषयमा कोही पनि कुरा गर्नै चाहेनन । त्यसले उनलाई निकै छोयो, दिक्क पनि लाग्यो तर मनमा अठोठ भने थियो । अनि त कस्सिएर पर्खाल लगाउने कुरामा लागि परे अनि त्यसलाई फत्ते नगरिञ्जेल सम्म बसेनन । २०६४ मा रंगशाला भित्र बैकल्पिक फुटबल मैदान बनाउन उनी निकै अग्रसर भएर लागे ।

फुटबलकै कारण मैले बैकिङ क्यारियरलाई पनि सफल रुपमा उभ्याउन सकेको छु”उनी थप्छन–“११ वर्ष भयो गण्डकी विकास बैंकमा जागिर खान थालेको, ११ वर्षनै उत्कृष्ट शाखाको रुपमा उभ्याएको छु ।” यहि सफल जिवन बाट बैंकले गाडी समेत उपहारका रुपमा उनले पाएका छन ।

शुक्रबार र शनिवार त आउनै हुन्न दिनेश सोझै पुग्छन मैदानमा । शुक्रबार हाफ विदा पछि र शनिवार उनको फुटबल खेल्ने दैनिकी जस्तै हो । अरु बेला पनि फुसर्दको बेला फुटबलको मोह बाट टाढा भाग्न चाहन्न उनी । “फुटबलकै कारण मैले बैकिङ क्यारियरलाई पनि सफल रुपमा उभ्याउन सकेको छु”उनी थप्छन–“११ वर्ष भयो गण्डकी विकास बैंकमा जागिर खान थालेको, ११ वर्षनै उत्कृष्ट शाखाको रुपमा उभ्याएको छु ।” यहि सफल जिवन बाट बैंकले गाडी समेत उपहारका रुपमा उनले पाएका छन ।

पोखराकै प्रतिष्ठित संस्था बगरभाई खलकको प्रमुख सल्लाहाकार समेत रहेका दिनेश ६५ वर्षको उमेरमा पनि उत्तिकै जोशका साथ मैदानमा देखापर्छन । अझै कति फुटबल खेल्ने विचार छ त भन्ने प्रश्नमा उनी भन्छन–“बल्ल त ६५ को भए, अझै ५–७ वर्ष त ढुक्कले खेल्छु ।” उनी हाँस्दै थप्छन–“अझै पनि दौडने हो भने मैदानमा मलाई भेटन गार्है हुन्छ ।” सहारा क्लव पोखरा र बगरभाइखलक बाट सम्मानित भएका उनको फुटबल प्रतीको त्यो मोह जिवनका साढे छ दशक सम्म उत्तिकै जिवित छ । उनी फुटबल प्रतीको मोहमा स्वरलाई अझै तिखो पार्दै भन्छन––“अझै त थाकेको छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close