बहुउद्धेश्यिय कभर्डहलमा कुर्ची राख्ने तयारी

पोखरा, पोखरा रंगशालाको बहुउद्धेश्यिय कभर्डहलमा दर्शक दिर्घामा कुर्ची राख्न राष्ट्रिय खेलकुद परिषद (राखेप)ले तयारी थालेको छ ।

राखेपका सदस्य सचिब रमेश कुमार सिलवालले कुर्ची राख्नका लागि प्रस्ताव आह्वान गरेको बताएका छन । निर्माण सम्पन्न भएको करिव ३ वर्ष पछि राखेपले कुर्ची राख्ने तयारी थालेको हो ।

कभर्डहलमा राखेपले २ हजार कुर्ची राख्ने तयारी थालेको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका इन्जिनियर प्रनिश ताम्राकारले जानकारी दिए ।

यस आर्थिक वर्ष २०७६–०७७ का लागि कभर्डहलका लागि राखेपले ५ करोड विनियोजित गरेको थियो । उक्त रकम बाट कुर्ची, साउण्ड सिष्टम र हल सजावटको काम सम्पन्न गरिने ताम्राकारले जनाए । नेपालमा गत मंसिर १४–२५ सम्म सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला पुरुष ह्याण्डबल समेत आयोजना भएको थियो ।

आगामी जेठ ४ गते प्रस्तावका लागि अन्तिम म्याद तोकिएको कभर्डहलका लागि करिव २ करोडको कुर्ची राख्ने तयारी भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले जानकारी दिए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close