कोरोनाका कारण मनमोहन स्मृति क्रिकेट स्थगित

पोखरा, कोरोना (कोभिड १९) का कारण ‘मनमोहन स्मृति अन्तर प्रादेशिक यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता’ स्थगित भएको छ ।

मनमोहन मनमोहन मेमोरियल क्रिकेट सेन्टरले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवसको सन्दर्भमा विगत दुई वर्ष देखि आयोजना गर्दै आएको प्रतियोगिता यो वर्ष स्थगित गरिएको आयोजकले एक प्रेस विज्ञप्ती मार्फन जनाएको हो । मुलुक लकडाउनको अवस्थामा रहेको र सामाजिक दुरी पनि कायम गर्नुपर्ने भएकाले यसपटक प्रतियोगिता गर्न सम्भव नहुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसअघि दुई संस्करण सफलतापुर्वक सम्पन्न भइसकेको यस प्रतियोगिताले नेपाली क्रिकेटको विकासमा थोरै भए पनि योगदान पु¥याएको तर ‘कोभीड १९’ को त्रासले मुलुक लकडाउनको अवस्थामा रहेकोले प्रतियोगिता आयोजनागर्न तत्कालका लागि सम्भव नभएको अध्यक्ष ठाकुर प्रसाद गैरैद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।

मुलकमा आइपरेको विषम परिस्थितिका कारण यस वर्ष प्रतियोगिता हुन नसके पनि आगामी वर्ष प्रतियोगितालाई निरन्तरता दिने विश्वास विज्ञप्तीमा गरिएको छ । मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश नम्बर १ आयोजनामा सुनसरीको इनरुवामा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता पनि सम्पन्न भइसकेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close