‘जे छु खेलकुदकै कारण छु’– कराते प्रशिक्षक, शिव

केशव पाठक,
ठ्याक्कै ३५ वर्ष भयो क्युकिसन करातेका प्रशिक्षक शिव गुरुङ पोखरा रंगशालामा स्वयसेवी प्रशिक्षकको रुपमा रहेको । सानो कद, पातलो अनि फुर्तिलो शरिर । गालामा हल्का बुढ्यौलीका रेखा कोरिन थालेका शिवको यतिका वर्ष रंगशालामा विति सक्दा पनि हरेक विहान उनको लागि नौलो हुन्छन ।

“जिन्दगीमा न केही पाउनु छ न त केही गुमाउन । जे जति पाए खेलकुदकै कारणले पाएको छु” ढुक्क संग भन्छन शिव । १६ वर्षको उमेर बाट करातेमा छिरेका उनका खेलकुदका जिवनका पाइलाहरु ज्ति अघि बढ्दैछन त्यतीनै उनमा अव केही नियास्रो पन त छ तर उनमा खेलकुदले भरिदिएका ति विगतका दिनले उनमा अझै हौसला भरिएको छ ।

घर पोखरा १५ छिनेडाँडा लामागाउँ । मावली नुवाकोट । मावली आउँदा जाँदा उनी १६ वर्षको युवावस्थामा काठमाण्डौको खाल्टो छिरे । जिवनमा नयाँ केही गर्ने आँट बोकेर । काठमाण्डौमा काम गर्दानै उनी खेलकुद त्यही पनि मार्शल आर्टको क्युकिसन करातेमा प्रवेश गरे २०३९ सालमा । भर्खरै सुरु भएको थियो क्युकिसन काठमाण्डौमा । उनले गुरु फेला पारे राजेन्द्र खड्गी र गोपाल भुटानी जस्ता प्रशिक्षक ।

जिवनको गोरेटोका रेखाहरु कोर्दै क्युकिसनको एक उत्कृष्ट खेलाडी बनेर उघ्रिए शिव । उनका गुरु खड्गी र भुटानी कलाकारीतामा प्रवेश गरेपछि भने उनी ठ्याक्कै दुई वर्ष पछि दशरथ रंगशाला प्रवेश गरे २०४१ सालमा । त्यहाँ बाट नयाँ जिवनको सुरुवात खेलकुदमा उनको । अध्ययन भन्दा पनि पेट पाल्ने र खेलकुदमा दत्त चित्त भएर सिक्ने उनको प्रवल इच्छा दशरथ रंगशालाले पुरा गर्यो । उनले नयाँ गुरु फेला पारे जगत गौचन ।

खेलकुदमा लगनशिलता संगै मेहनत नभए सम्म सफलता प्राप्त नहुने उनको भनाई छ । खेलकुदलेनै आफूलाई सबैथोक दिएको बताउने उनी खेलकुदबाटनै आफूले सँधै सम्मान पाएको बताउँछन । “यदि खेल नभएको भए म आज के हुन्थे ? कल्पना पनि गर्न सक्दिन, त्यसैले खेल मेरो जिवनको अभिन्न अङ्ग हो” उनी भन्छन ।

जगत गौचनको छत्रछाँयामा प्रशिक्षण लिइरहेका शिवले ५ वर्ष पछि २०४६ सालमा ५५ केजी तौलमा काठमाण्डौ डोजो च्याम्पियन बने । उनको पहिलो स्वर्णपदक खेल जिवनको । उनलाई त्यो खेल अझै पनि हिजोनै खेलेको जस्तो लाग्छ । तर उनले चाखेको त्यो स्वर्णपदक स्वाद भने अहिले आफ्ना चेलालाई वाँडिरहेका छन । उनले उत्पादन गरेका धेरै चेलाहरु नेपाल च्याम्पियन बनिसकेका छन ।

आफ्नो खेल जिवनको लामो इतिहास केलाउँदा उनमा कुनै भावुकता छैन । तर यति बेला खेलकुदमा राजनितीको खेल देख्दा भने उनलाई किन खेलकुदमा छिरेछु भन्ने पछुतो भने छ । ५० नाघेका उनले तत्कालिन नौ महिने एमाले शासनकालमा बाहेक अरु बेला खेलकुदमा जागिर के हो भन्ने थाह नै पाएनन । संधै स्वयसेवीको रुपमा अझै पनि वुढ्यौली हड्डी खियाएकै छन । आफ पनि नियमित रुपमा अभ्यास गर्दै २०४० मा पोखरामा क्युकिसन कराते सिकाउन थालेका उनी २०५२ साल बाट नियमित रुपमा पोखरा रंगशालामा प्रशिक्षण दिन थालेका हुन ।

आफ्नो खेल जिवनमा २०४६ मा तेश्रो खुल्ला आमन्त्रणमा च्याम्पियन, २०५२ मा लुम्विनी च्याम्पियन, २०५१ म विरगञ्जमा सम्पन्न नेपाल आमन्त्रण खुल्ला तौलमा चौथो, २०६८ मा नेपाल च्याम्पियनशिपमा खुल्ला तर्फ पाँचौ, सन २००८ मा भारतको नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ६५ केजीमा स्वर्ण र काता तर्फ रजत पदक जितेका छन ।

सन २००२ मा प्रशिक्षकको भुमिकामा रहेका शिव भने आफ्नो जिवनको नयाँ बाटो जापानलाई रोजे । करिव ६ वर्ष जापानमा विताएका ति दिन केबल जिवनको पाँङ्ग्रा अगाडी बढाउनका लागि मात्रै रहेको उनको भनाई छ । “खेलकुद भन्दा भन्दै पढाईको त होस नै गरिएनछ” उनलृ भने–“विदेश भासिनु बाहेक अरु केनै थियो र ?” उनले प्रतिप्रश्न गरे । जापानको वसाई पछि उनी फेरि रंगशाला प्रवेश गरे । चार जना बाट सुरु भएको उनको प्रशिक्षणको अभियान अहिले पनि जारी छ । अहिले नियमित ८० जनाले उनी संग प्रशिक्षण लिइरहेका छन ।

उनले पोखरेली माटो बाट हाल सम्म नेपाल च्याम्पियनहरु विजय कुमार आले मगर, विश्वास पोख्रेल र रुपक नेपाली जस्ता होनहार खेलाडी जन्माइसकेका छन ।

आफ्नो प्रशिक्षण जारी रहँदानै उनले पोखरामा स्ट्रोङगेष्ट क्युकिसन करातेको स्थापना गर्दै त्यही संस्था बाट पैशिक्षण दिइरहेका छन । उनले गरिव तथा विपन्न खेलाडीलाई निशुल्क रुपमा प्रशिक्षण दिन्छन । आवश्यक युनिफर्मको व्यवस्था आफैले मिलाउँछन । हरेक खेलाडीलाई विदाको दिन घुमाउन लैजाने पनि गरेका छन । उनले पोखरेली माटो बाट हाल सम्म नेपाल च्याम्पियनहरु विजय कुमार आले मगर, विश्वास पोख्रेल र रुपक नेपाली जस्ता होनहार खेलाडी जन्माइसकेका छन । ति सबै खेलाडीले फुल कन्ट्याक्टमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाइसकेका छन ।

काठमाण्डौमा काम गर्दानै उनी खेलकुद त्यही पनि मार्शल आर्टको क्युकिसन करातेमा प्रवेश गरे २०३९ सालमा । भर्खरै सुरु भएको थियो क्युकिसन काठमाण्डौमा ।

दुई छोरीका धनी शिवले ठुली छोरी सोनी लामा दोङ करातेमा फष्ट डान व्ल्याक बेल्ट हुन भने बक्सिङकी समेत उत्कृष्ट खेलाडी । ३७ वर्षे खेल जिवनको लेखाजोखा उनले रामै्र संग संगालेर राखेका छन । खेलकुदमा लगनशिलता संगै मेहनत नभए सम्म सफलता प्राप्त नहुने उनको भनाई छ । खेलकुदलेनै आफूलाई सबैथोक दिएको बताउने उनी खेलकुदबाटनै आफूले सँधै सम्मान पाएको बताउँछन । “यदि खेल नभएको भए म आज के हुन्थे ? कल्पना पनि गर्न सक्दिन, त्यसैले खेल मेरो जिवनको अभिन्न अङ्ग हो” उनी भन्छन ।

१ प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close