
केशव पाठक/पोखरा,
राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिब रमेश कुमार सिलवालले लकडाउन पछि खेलकुदले गति लिने बताएका छन ।
कोभिड १९ कोरोनाका कारण विगत ३२ दिन देखि लकाउनमा रहेको खेलकुदलाई माथी उठाउन राखेपले नयाँ तरिकाले अगाडी बढ्ने बताउँदै सदस्य सचिब सिलवालले लकडाउन पछि खेलकुदले विस्तारै गतिलिने बताए । “समुहगत रुपमा हुने खेलका लागि केही समस्या हुन सक्छ” उनले भने–“अहिले हामीले शारिरिक र मानसिक फिट हुने खालका प्रशिक्षण गर्न आग्रह गरेका छौं ।”
“अहिले खेलाडीले छिटो मैदानमा आउन पाए हुन्थ्यो भन्ने गुनासो आइरहेको छ” उनले भने–“हामी उहाँहरुको कुरामा सहमत त छौं तर अहिलेको अवस्थामा जिवन पहिलो प्राथमिकता हो, हामी बाँच्यौ भने धेरै गर्न सक्छौ ।”
नवौं राष्ट्रिय खेलकुद भनिएकै समयमा हुने दावी गर्दै सदस्य सचिब सिलवालले पुर्वाधारकै कारणले राष्ट्रिय खेलकुद नरोकिने उल्लेख गरे । अहिलेको यो सानो डिस्टर्वले नवौ राष्ट्रिय खेलकुदलाई कुनै प्रभाव पार्दैन उनले प्रष्ट्याउँदै भने–“यदि यो लकडाउन लामो समय सम्म गयो भने त्यती बेला यसलाई फरक ढङले सोच्न सकिन्छ ।” राष्ट्रिय खेलकुदका लागि अझै ११ महिना बाँकी रहेको र खास गरि पोखरामा निर्माण गर्नका लागि आवश्यक स्विमिङ पुल र सुटिङ रेन्ज निर्माणमा ढिलाई भए पनि यसले राष्ट्रिय खेलकुदमा कुनै प्रभाव नर्पने उनले उल्लेख गरे ।
४–५ दिन भित्र सबै पुर्वाधार विकासले गति लिने बताउने केही सामाग्रीको अभाव भन्दा वाहेक अन्य कुराले पुर्वाधारका काम नरोकिने बताए । “हामी अवको पाँच दिन भित्र सबै काम सुरु हुन्छन” उनले थपे–“सबै प्राविधिकहरु संग र सरकारको तर्फ बाट पनि काम सुचारु गर्न हामीलाई भनिएको छ त्यसका लागि पुर्व स्विकृती पनि लिइसकेका छौं ।”
“अहिलेको बर्तमान पस्थितीमा जनतालाई ‘नर्मल’ स्थितीमा ल्याउन खेलकुदले भुमिका खेल्न सक्ने भएकोले सबैलाई खेल क्षेत्रलाई सहयोग गर्न मैले भनेको छु ।” उनले थपे–“यो एक वर्षको समय हामीले सबैले मिलेर धेरै काम गर्न सक्छौ ।”
अर्को साता सम्म पोखराको सुटिङ र स्विमिङपुलका लागि टेन्डर आह्वानका लागि ‘प्रोसेस’ अगाडी बढ्ने सदस्य सचिब सिलवालले जानकारी दिए । “यो ट्रान्जिसन फेज हो, यो विचमा सरकारको प्राप्त हुने बजेट कमि आउन सक्छ” उनले भने–“तर यो फेजलाई व्यापक र वढी भन्दा बढी खेलमैत्री बनाउँदै अगाडी बढने छौ ।” “अहिलेको बर्तमान पस्थितीमा जनतालाई ‘नर्मल’ स्थितीमा ल्याउन खेलकुदले भुमिका खेल्न सक्ने भएकोले सबैलाई खेल क्षेत्रलाई सहयोग गर्न मैले भनेको छु ।” उनले थपे–“यो एक वर्षको समय हामीले सबैले मिलेर धेरै काम गर्न सक्छौ ।”
खेलाडीले लामो समय देखि आराम गर्न पाएका पनि थिएनन । उनले खेलाडीलाई खेलकुद मार्फत टोल छिमेकमा कुनै स्वयसेवी भुमिका निर्वाह गर्नु पर्यो भने पनि त्यसका लागि अगाडी आउन र शुरक्षित रुपमा त्यो कर्तव्य निभाउन खेलाडीलाई आग्रह गरिएको बताउँदै कुनै खेलाडीलाई समस्या भए आफूहरुलाई खवर गर्न भनिएको सदस्य सचिब सिलवालले बताए ।
लकडाउनकै विचमा १३ औं सागका पद विजेता खेलाडीलाई उनीहरुको खातामा पुरस्कार वापतको रकम समेत पठाएको जानकारी दिंदै राखेप सदस्य सचिब सिलवालले अव लकडाउन पछि रोकिएका सबै पुर्वाधार विकासका कामले पनि गति लिने बताए । “अहिले खेलाडीले छिटो मैदानमा आउन पाए हुन्थ्यो भन्ने गुनासो आइरहेको छ” उनले भने–“हामी उहाँहरुको कुरामा सहमत त छौं तर अहिलेको अवस्थामा जिवन पहिलो प्राथमिकता हो, हामी बाँच्यौ भने धेरै गर्न सक्छौ ।”
फायल तस्विर
