पोखराको भलिबलमा सम्झिइरहने नाम ‘श्रीभक्त’

केशव पाठक,
पोखराको भलिबल खेलको बिकासमा विशेष योगदान पुर्याउने पूर्व राष्ट्रिय भलिबल खेलाडी हुन श्रीभक्त गुरुङ । २०२३ साल पुष १० गते कास्की जिल्ला अन्नपुर्ण गाउँपालिका वाड न ७ तान्चोक कोट गाउँमा जन्मिएका हुन । करिव ३५ बर्ष देखि पोखरा वडा नं १ बगरका स्थायी बासिन्दाहुन उनी । तर यति बेला भने उनले आफ्नो कर्मथलो बनाएका छन जापानलाई ।

पोखराको भलिवल खेलको विकास होस वा खेलाडीको रुपमा संधै सम्झिइरहने नाम हो ‘श्री’ । चाहे पोखराको भलिवल खेलाडीको रुपमा होस वा नेतृत्वदायी भुमिकामा । महिला छोराको रुपमा जन्मिएका श्रीभक्त बाल्यकाल देखि नै खेलकूदमा निकै अभिरुची राख्थे । तर समय क्रममा उनले भलिवललाई आफ्नो मुख्य खेलको रुपमा ग्रहण गरे । विसं २०४० सालमा आफ्नो विद्यार्थी जिवनकालमा श्री कान्छी बराहा युबा क्लवको टीममा कप्तानको भूमिका निर्बाह गरी अन्नपुर्ण गाउँपालिका वरिपरिका गाउँहरुमा आयोजना भएका भलिबल प्रतियोगिताहरुमा उनले सक्रिय सहभागिता जनाए ।

२०४२ सालमा पोखरामा भएको बिरेन्द्र शिल्ड प्रतियोगितामा भलिबलतर्फ गुरुङ श्रीभक्तले तत्कालिन संगम हाई स्कुल चन्द्रकोटको टिम कप्तानको भूमिका निर्बाह समेत गरे । उक्त प्रतियोगितामा ३२ वटा बिद्यालयले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा संगम स्कुलले रजत पदक जित्न सफल भएको थियो । २०४२ सालमानै कास्की जिल्लाको टिम बाट विभिन्न जिल्ला हरुमा भएको भलिबल प्रतियोगितामा समेत सहभागिता जनाएका थिए । ‬

“खेलकुदको विकास गर्ने हो भने यसलाई राजनिती बाट टाढा राख्नुपर्छ” उनले खुलस्त आफ्ना भावना पोख्छन । “जव सम्म राज्यले खेलाडीको सुविधाको बारेमा ध्यान दिदैन तव सम्म नयाँ खेलाडी उत्पादन हुन सक्दैनन” उनले भने–“अग्रज खेलाडीहरुको अनुभवलाई समेट्दै नयाँ सोचका साथ खेलकुदको बिकासमा लाग्नु पर्छ ।”

‪अध्ययनको सिलसिलामा विसं २०४४ सालमा पिएन क्यम्पस पोखरामा भर्ना भएका श्रीभक्तले तत्कालिन स्वत्रन्त्र बिद्यार्थी युनियन बाट बर्षेनी सञ्चालन हुने भलिबल तथा बास्केटबल प्रतियोगिता हरुमा मानबिकी क्षात्र संकाय बाट भाग लिदैं टिमलाई जिताउन भुमिका खेले । वि सं २०४६ सालमा उनी आफ्नो जिवनको कर्मथलोको रुपमा जापानलाई रोजे । आठ वर्षको जापान पछि २०५४ सालमा उनी स्वदेश फर्किए । २०५५ सालमा उनी फेरी युके तर्फ हिंडे । ८ वर्षको युके बसाई अल्डरशटमा विताए । युकेमा रहँदा २०५८ सालमा “एक्स बगर युथ क्लब” को स्थापना गरे ।

युके बसाईको क्रममा नेपालीहरुको साझा सस्था “ग्रेटर रशमोर नेप्लिज सस्था’’ को खेलकुद सचिब पद समेत सम्हाले । सोही संस्थाले २०५८ सालमा पहिलो पटक बुद्ध रंनिंग शिल्ड भलिबल तथा बास्केटबल प्रतियोगिता युकेको फार्नबोरो सहरमा संचालन गरेको थियो । उनी २०६२ सालमा उनी नेपाल फिर्ता भई भलिबल खेलको बिकास गर्ने भन्दै उनले नयाँ पहल थाले ।

बेलायतको अनुभव बाट धेरै कुरा सिकेका श्रीभक्तले २०६२ सालमा “एक्स बगर यूथ क्लब’’ को स्थापना पोखरामा गरी अध्यक्ष पद सम्हाले । २०६२ साल देखि २०६५ सालको अन्तरमा एक्स बगर यूथ क्लबले पाश्चिमाञ्चल क्षेत्रमा भएको महोत्सवहरुमा आयोजना हुने वृहत भलिबल खेल तर्फ डेढ दर्जन भन्दा वढी प्रतियोगितामा सफलता प्राप्त गर्यो ।

‪श्रीभक्तले एक्स बगर युथ क्लवको नेतृत्व लिइरहँदा तिन वर्षमा क्लवले फुलबारी कप, पोखरा–प्रथम (२०६२), ल्वाङघलेल महोत्सव (प्रथम) (२०६२), सुनपदेली कप, पोखरा–प्रथम (२०६२), बागलुंङ महोत्सव–बागलुङ–तृतिय (२०६३), माछापुच्छ्रे कप, पोखरा–द्वितिय (२०६३), माघेसक्रान्ती मेला, रिभान–प्रथम (२०६३), पत्ले मेला, अर्मला–प्रथम (२०६३), रिन्जे मेला, अर्मला–प्रथम (२०६३) जितहरु दर्ता गर्यो ।

त्यही वर्ष क्लवले बिरेठाटी महोत्सव, बिरेठाटी–द्वितीय (२०६३), हरितालिका मेला, लामाचौर,पोखरा–प्रथम (२०६४), माछापुच्छ्रे महोत्सव–घाचोक (प्रथम (२०६४), भिम मिलन कप, कोत्रे, तनहु–प्रथम (२०६४), सेन्चुरी महोत्सव–छोमरुङ्ग–प्रथम (२०६४), लालीगुरास महोत्सव, धम्पुस– द्वितीय (२०६४), भदौरे महोत्सव–भदौरे–द्वितीय (२०६४), घलेखर्क मेला, घलेखर्क–द्वितीय (२०६४), मोहोरिया मेला, मोहोरिया,मौजा–द्वितीय (२०६४), फिमिला कप (फुलबारी, पोखरा–प्रथम (२०६५), पुरुष राष्ट्रिय लिग प्रतियोगिता, काठमाडौँ–प्रथम (२०६५)ले महत्वपुर्ण जितहरु दर्ता गर्यो ।

विसं २०६५ सालमा काठमांडौमा भएको प्रथम राष्ट्रिय लीग पुरुष भलिबल प्रतियोगितामा पूर्वाञ्चल, सुदूर पश्चिमांचल, मध्य पश्चिमांचल, मध्यान्चल, पश्चिमांचल, इसीएस मेनपावर अनि जाउलाखेल भलिबल ट्रेनिंग सेन्टरले भाग लिएको थिए । जसमा एक्स बगर यूथ क्लबले पश्चिमाञ्चलको प्रतिनिधित्व गरि राष्ट्रिय लीगको उपधिनै जितेको थियो । राष्ट्रिय लीग च्यम्पियन बन्दै सुपर लिगमा नेपाल पुलिस, नेपाल आर्मी, शसस्त्र प्रहरी, ईसीएस मेनपावर, जाउलाखेल भलिबल ट्रेनिंग सेन्टर संग भएको खेलमा चौथो स्थान हासिल गरि ए डिभीजनमा एक्स बगर यूथ क्लबले आफ्नो स्थान जमाउन सफल भएको थियो ।

‪श्रीभक्त पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघका संस्थापक अध्यक्ष पनि हुन । २०६५ सालमा काठमाडौँमा सम्पन्न “पाचौ राष्ट्रिय खेलकुद २०६५ प्रतियोगिता”मा पश्चिमाञ्चल पुरुष भलिबल टिमको टिम म्यानेजरको रुपमा रहे । श्रीभक्तले आफ्नो टिमलाई रजत पदक दिलाउन ठुलो भूमिका निर्बाह गरे । भलिबल खेलमा आफ्नो यौवन कालको २५ वर्ष भन्दा बढि आफ्नो जीबन बिताएका श्रीभक्तले टेनिस खेल तर्फ पनि आफ्नो रुची बढाएका छन ।

आफ्नो जिवनको यौवनवस्थालाई भलिवलमा सर्मपित गरेका श्रीभक्त यति बेला जापानको टोकियोमा बसेर व्यवसाय र समाजसेवा मार्फत खेलकुदतर्फ पनि उत्तिकै सर्मपित छन । २०६६ बाट जापान बसेका श्रीभक्तले त्यहाँ तमुधी जापानको नेतृत्व समेत सम्हाले । “खेलकुदको विकास गर्ने हो भने यसलाई राजनिती बाट टाढा राख्नुपर्छ” उनले खुलस्त आफ्ना भावना पोख्छन । “जव सम्म राज्यले खेलाडीको सुविधाको बारेमा ध्यान दिदैन तव सम्म नयाँ खेलाडी उत्पादन हुन सक्दैनन” उनले भने–“अग्रज खेलाडीहरुको अनुभवलाई समेट्दै नयाँ सोचका साथ खेलकुदको बिकासमा लाग्नु पर्छ ।”

सम्बन्धित खबर

2 Comments

  1. श्री सोल्टी मेरा प्रिय् मित्र हुनुहुन्छ । हँसिलो अनुहारका सोल्टीको पोखरेली खेलको विकासमा रहेको महत्वपूर्ण भूमिकाको लागि स्यालुट गर्न मन लाग्यो । तपाईहरुको सुझाव, सरसल्लाह र सहयोगको खाँचो अझ पनि नेपाली खेल जगतलाई अपरिहार्य छ । लिजेन्ड्री खेलाडीहरुको आलेख पढन पाउँदा केशव भाइलाई धन्यवाद । पढेर केही लेख्ने बानी नै परिसक्यो । सबै पूर्व खेलाडीहरुमा सम्मान सहित यति नै लेखे ।

    1. धन्यवाद सोल्टी राजा @ यहाँहरुको माया,सहयोग र सद्भावको हिर्दय देखि आभार ब्यक्त गर्न चाहन्छु साथै समय र तपाईहरुको सहयोगको अपेक्षा गर्दै नेपाली खेलकुद क्षेत्रमा आउने छु,अन्तमा बरिष्ट पत्रकार केशब पाठक भाईलाई धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close