संकटको समयमा ग्राण्ड माष्टर तुलसीले आर्थिक सहयोग दिएर सम्झे आफ्नो गाउँ

केशव पाठक,
विश्व यति बेला कोरोना (कोभिड १९) को महामारीले सन्त्रासमा छ । महामारी फैलिन नदिन विश्वनै यति बेला लकडाउनमा पनिछ । यहि क्रममा नेपालमा पनि कोरोना सक्रमण फैलिन नदिन विगत २४ दिन देखि मुलुक लकडाउनमानै रहेको छ ।

तर त्यही लकडाउनका विचमा नेपालका पुर्व राष्ट्रिय खेलाडी एवम तेक्वान्दोका ग्राण्ड माष्टर तुलसी गुरुङले हङकङ बाट आफ्नो जन्मथलो र मामा गाउँ सम्झिदै १० लाख आर्थिक सहयोग गरेका छन । उनले भने–“देशका विभिन्न प्रकोपहरुका बेला सहयोग गरेका छौं, तर अहिले परिस्थिती फरक छ, सबै लकडाउनमा भएको बेला गाउँलेहरुलाई समस्या नपरोस भनेर यो सहयोग गरेको हुँ ।”

कास्कीको मादी गाउँपालिका अन्तरगत पर्ने आफ्नो गाँउ बारचोक, तोगी गाउँ, पुरानो भाचोक मेन भाचोक गरि चार गाउँका करिव २०० घर परिवारका सहयोग पठाएको पुर्व राष्ट्रिय खेलाडी गुरुङले जानकारी दिए । “हामीले चार वटै गाउँका घरधुरीको नाम संकलन गरेका छौ, प्रत्येक घरधुरीलाई ५ हजारका दरले यो रकम प्रदान गर्दैछौ ।” उनले केहीको नाम छुटेको हुनसक्ने र यस बारे जानकारी समेत लिइरहेको बताए ।

सहयोग रकम आफ्नी ८८ वर्षिय आमा काली गुरुङ मार्फत वितरण गर्ने भनिएपनि लकडाउनका कारण गाउँ जान नसक्ने भएपछि आमाले उक्त गाउँका एक विद्यालयका पुर्व प्रधानध्यापक कृष्ण बहादुर गुरुङलाई चेक हस्तान्तरण गरेकी छन । लकडाउन सकिने वित्तिकै सबै घरधुरीलाई वार्ड अध्यक्षको रोहवरमा रकम वितरण गरिने उनले बताए ।

मनका धनी ग्राण्ड माष्टर तथा पुर्व राष्ट्रिय खेलाडी गुरुङ २० वर्षको आफ्नो बेलायती सेनाको जागिरे जिवन अवकास पछि २३ वर्ष देखि हङकङलाई कर्मथलो बनाउँदै आएका छन । उनको संस्था वि विल राइज फाउण्डेशन मार्फत नेपालको शिक्षा र खेलकुदको क्षेत्रमा सहयोग गर्दै आएका छन । हङकङको नेपाली समाजमा स्वच्छ, ईमान्दार छवी बनाएका उनी नेप्लिज तेक्वान्दो एसोसियसन हङकङका प्रेसिडेन्ट र मितेरी सेवा समिती पोखरा अध्यक्ष समेत रहेर समाजसेवा र खेलकुद बिकासमा लागेका छन ।

कोरोनाका कारण ठप्प भएपछि उनले पोखरा र काठमाण्डौमा आफ्नो घरमा बस्नेहरुलाई एक महिनाको भाडा समेत नलिने घोषणा गरिसकेका छन । दैनिक रुपमा कमाई गरेर खाने गाउँलेहरुका लागि ग्राण्ड माष्टर गुरुङको यो सहयोगले मल्हम भने पक्कै लाग्ने छ ।
तस्बिरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close