वर्ल्ड मास्टर एथलेटिक्स स्थगित

पोखरा, क्यानडाको टोरोन्टोमा आयोजना हुने वर्ल्ड मास्टर एथलेटिक्स टोरोन्टो २०२० स्थगित भएको छ ।

बिश्वमा माहामारीको रुपमा रहेको कोरोना (कोभिड – १९) का कारण जुलाई २० देखि अगष्ट १, २०२० मा टोरोन्टोमा आयोजना हुने भनिएको च्याम्पियनसिप स्थगित गरिएको आयोजक कमिटिले जानकारी गराएको नेपाल मास्टर्स एथलिट एसोसियशनका महासचिव भैरव शाहीले जानकारी गराए ।

खेल भन्दा पनि खेलाडी, कर्मचारी, भोलेन्टियर्स, अफिसियल तथा खेल संग सम्वन्धित अन्यको स्थास्थ्य र सुरक्षा पहिलो प्रार्थमिकता रहेकोले च्याम्पियनसिप हाललाई स्थगित गरिएको आयोजक कमिटिले पठाएको पत्रमा जानकारी गराईएको छ ।

च्याम्पियनसिपलाई माहामारी समाप्त भए पश्चात अर्को बर्ष संचालन गर्ने तर्फ पनि आयोजक कमिटीले विचार गरिरहेको र उक्त कुराको जानकारी पछि सुचित गरिने पनि पत्रमा जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close