कोभिड १९ विरुद्धको अभियानमा क्रिकेट खेलाडी संघको सहयोग

पोखरा, कोभिड १९ विरुद्धको राष्ट्रिय अभियानकालागि क्रिकेट खेलाडी संघ नेपाल (सिपान) ले नगद सहयोग गर्ने भएको छ ।

सिपानले आज एक विज्ञप्ती जारि गर्दै विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ को विरुद्धको नेपाल सरकारले कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा सहयोग गर्ने जनाएको हो ।

सिपानका अध्यक्ष डा. मनिष राज पाण्डे र महासचिब पारस खडका द्वारा संयुक्त रुमा हस्ताक्षरित विज्ञप्तीमा नगद ४ लाख ६२ हजार सहयोगगर्ने जनाइएको छ । उक्त रकम संघले आयोजना गर्ने ‘एनसिसिएस–सिपान क्रिकेट अवार्ड २०२०’ अन्तरगत विभिन्न विद्यामा पुरस्कृत गरिने रकम बाट दिन लागिएको हो ।

‘एनसिसिएस–सिपान क्रिकेट अवार्ड २०२०’ अन्तरगत पाँच विभिन्न विधा (वर्ष क्रिकेट खेलाडी – पुरुष तथा महिला, वर्ष उदयीमानक्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्ड) मा तय गरिएको पुरस्कार राशी बराबरको रकम हो ।

अग्रपंतिमा रहेर यो सङ्कटको प्रत्यक्ष रूपमा सामना गरिरहेका चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूसहित सम्बद्ध सबैको योगदानप्रति सम्मान व्यक्त गर्दै विज्ञप्तीमा भनिएको छ–‘सम्पूर्णस्वास्थ्य सेवाको क्षेत्र र अन्य सबै सरोकारवाला निकायहरूको निरन्तर सक्रियता आजकोआवश्यकता हो । यसबाट नै कोभिड १९ को रोकथाम तथा नियन्त्रणको प्रयासमा थप टेवापुग्न जानेछ ।’

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close