लकडाउन उल्लघन गर्ने थुनिए पोखरा रंगशालामा

पोखरा, विश्वभर फैलिएको कोरोनाको प्रभावलाई रोक्न सरकारले आह्वान गरेको लकडाउन उल्लघन गर्नेलाई शुरक्षा निकायले सचेतना रुवरुप पोखरा रंगशाला भित्र थुनिदिएको छ ।

लक डाउनको पाँचौ दिन शुरक्षा निकाय थप तत्परताका साथ उत्रिदैं कार्वाहीमा उत्रिएको छ । पोखरा रंगशालाको भलिबल प्रशिक्षण केन्द्र र बास्केटबल कोर्टमा उनीहरु थुनिएका हुन । सरकारले विहिबारदेखि लकडाउनलाई अझै कडा बनाएको छ । थप प्रहरी परिचालन समेत गरिएको छ ।

कोरोना विरुद्ध घरमानै बसेर सरकारलाई साथ दिन आग्रह गर्दा गर्दै केही सर्वसाधारण घर बाहिर बाटोमा हिँडेकोले सचेतना जगाउन पनि कार्वाही गरिएको प्रहरीले जनाएको छ ।  लकडाउनको मर्म नबुझी उल्लङ्घन गर्दै हिड्नेहरुलाई समातिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले बताए । उनका अनुसार संख्यामा कति छन् ? ठयाक्कै विवरण आइपुगेको छैन । लकडाउनको अवज्ञा गर्नेहरुलाई कोरोना भाइरसको बारेमा ब्रिफिङ गरेर अभिलेख राखेर मात्र छोडिने उनले जानकारी गराए ।

लकडाउनका बेला कोही पनि घरबाट बाहिर ननिस्कन प्रवक्ता केसीले आग्रह गरेका छन् । “हामीलाई कसैलाई पक्रन मन छैन”, उनले भने, “लकडाउनका बारेमा विभिन्न सुचनाहरु प्रवाह गरिरहेका छौ, कृपया प्रहरीलाई सहयोग गर्नुहोला ।” प्रवक्ता केसीका अनुसार पहिलो दिन भन्दा पछिल्ला दिनमा मानिसहरु घरबाहिर निस्कन छाडेका छन् । अत्यावश्यक सामान खरिद वा काम बाहेक अरु काममा बाहिर निस्कनेको संख्यामा कमी आएको उनले बताए । पछिल्ला दिनमा सवारी साधन समेत कम नियन्त्रणमा लिएको उनले बताए ।

यो समाचार तयार पार्दा सम्म पोखरा रंगशालामा ११३ जना भन्दा वढी सर्वसाधारणलाई कार्वाही गरिसकेको छ । थुनिएका मध्ये १०० जना पुरुष र १३ जना महिला रहेको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले जनाएका छन । “प्रहरीले थुने पनि हामीले उहाँहरुलाई पिउने पानी उपलव्ध गराएका छौ” गुरुङले भने । मदन भण्डारी स्पोर्टस एकेडेमीको तर्फबाट स्वच्छ पिउने पानी उपलव्ध गराएको उनले बताए ।

पोखरा रंगशालामा उनीहरुलाई राखिए पनि सामाजिक दुरी भने बढाइएको छ । सबैलाई दुई–दुई मिटरको दुरीमा राखिएको प्रहरीले जनाएको छ । यति बेला लकडाउनले खेलकुद गतिविधी ठप्प भएकोले प्रहरीलाई सर्वसाधारणलाई थप सचेतना जगाउन कर्वाही गर्न उपयुक्त थलो बनेको छ । थुनिएका हरु सबै साँझ सम्म छोडिने जनाइएको छ ।

photo: Prem Thapa

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close