कोरोनाको कहरः “टुट्यो रंगशालाको दैनिकी” शुरक्षित रहन अपिल

केशव पाठक/पोखरा,
यति बेला विश्वव्यापी रुपमा कोरोनको कहरले सम्पुर्ण विश्वलाई छपक्कै ढाकेको छ । दिनहुँ पोखरा रंगशाला पुग्ने खेलकर्मीहरुको जिवनशैलीमा परिवर्तन आएको छ । पाँच दिन देखि यता देश लकडाउनमा छ । खेलकर्मीहरु पनि यति बेला आ–आफ्नो घरमा बसेर आह्वान गर्दैछन–“कोरोन विरुद्धको युद्ध जित्नु छ भने घरमा बस्नुको विकल्प छैन ।”

खेलकर्मीहरु के भन्छन, कसरी विताउँदैछन लकडाउनको समय उनीहरुको आह्वान के छ?

‘४० वर्ष पछि कोरोनाले पार्याे क्रमभङ्गता’-शम्भु केसी शम्भु केसी (फुटबल प्रशिक्षक)

पोखरा १२ बस्ने शम्भु केसी फुटबल प्रशिक्षक हुन । विदेश र काठमाडौ जाँदा बाहेक उनको थलो भनेकै पोखरा रंगशाला हुन्थ्यो । खेलकुदको जागिरे जिवनमा होस वा अन्य बेला पोखरा रंगशाला नआई मन उनको मान्दैन्थयो । तर यति बेला त्यो क्रम भङ्ग भएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण यति बेला शम्भुको दिनचर्या घरमा वितेको छ ।

घर बाटै उनी पोखरा रंगशाला सम्झिन्छन । दिनको एक घन्टा योगागर्ने र आधा धन्टा ध्यान गर्नु उनको नित्य कर्मनै हो । यति गरे पछि दिनको दुई घन्टा रंगशालामा फुटबल प्रशिक्षण दिनु उनको दैनिकी थियो । तर यति बेला घरमा बसेर किताव पढने, समाचार सुन्ने अनि विदेशमा रहेका परिवार संग कुरा गर्नेमा उनको दिन वितेको छ ।

रंगशालामा उनी संग फुटबल सिक्न आउनेहरु साना कलिला बाबु नानीहरु थिए । उनी तिनीहरुलाई सम्झिदै झस्किन्छन । के गर्दै होलान ति घरमा ? कतै बिग्रने त होइनन ? कतै उनीहरुको फुटबल मोह भङ्ग हुने त होइन ? तर कोरोना विरुद्धको यो लडाई जित्न छ भने घरमा बस्नेको विकल्प नभएको उनी सुझाउँछन ।  सरकारले घोषणा गरेको दिन सम्म आफ्नो दैनिक कृयाकलापमा परिवर्तन गर्न उनी अभ्यास गर्दैछन ।

‘घरमा नै बस्ने भन्दा अरु विकल्प छैन’- रामकृष्ण ज्ञवाली–पत्रकार महासंघ केन्द्रिय सदस्य (स्क्वाश खेल)

पछिल्लो समयमा रंगशाला जाने मध्येका एक हुन नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली । एक वर्ष भयो निरन्तर उनी स्क्वाश खेल्न रंगशाला जानु । शारिरिक व्ययामका लालि स्क्वाश खेल्नु उनको दैनिकीनै हो । तर पाँच दिन यता उनको त्यो निरन्तरतामा क्रम भङ्ग भएको छ ।

उनी रंगशाला जान नपाउँदा के विर्से के गरिन भन्ने प्रश्न पटक पटक यतिबेला उव्जिने गरेको छ । यो पाँच दिन उनका लागि पाँच वर्ष लागिसक्यो । उनी खेल्न नपाउँदा जिउ नै थकित भएको महशुस भएको सुनाउँछन ।

पोखरा रंगशालामा बिहान दैनिक दुई घन्टा स्क्वाश खेलमा विताउने ज्ञवालीको यति बेलाको दिन चर्या अनलाईन अपडेट गर्नुहो भने आफ्ना साना छोरा छोरी संग रमाउनु पनि हो । बिहान केही समय घरमानै सामान्य व्ययाम समेत गर्छन उनी ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको लडाई जित्ने हो भने घरमा नै बस्ने भन्दा अरु विकल्प नभएको उनी बताउँछन । कोरोनाको कहर फैलियो भने यो रोक्न मुस्किल पर्छ त्यसैले यो समय सरकारले चलाएको अभियानमा साथ दिंदै समाजनै नष्ट गर्न उद्धत कोरोनाको लडाईमा एकजुट हुन उनी आह्वान गर्छन ।

‘समाजमा सचेतना फैलाऔं’- दिपक गोदार, अध्यक्ष खेलाडी संघ कास्की (मुख्य प्रशिक्षक, मुआथाई)

आफ्नो खेल जिवनको २६ वर्षको इतिहासमा पोखरा भएर पनि पोखरा रंगशाला नपुगेको यो उनको जिवनमा अनौठो हो । कुनै बेला कर्फयु लाग्दा पनि रंगशाल पुगेर शारिरिक व्ययाम गरेको घटना ताजा हुँदा पनि कोरोनको कहरका कारण उनी पाँच दिन देखि घरमानै बस्न बाध्य छन । उनी भन्छन–“यो त कर्फयु भन्दा पनि भयानक हो हामीले यसलाई खेलाचीको रुपमा लिन हुन्न ।¬”

यो समाजमा घटेको अनौठो घटना रहेको उनले उल्लेख गर्दै यसका विरुद्ध लड्न घरमानै बस्न उनी सबैलाई अपिल गर्छन । यो बेला सबै खेलाडीले सरकारको आह्वानलाई सफल बनाउने बाहेक अर्को विकल्प नभएको बताउँदै अध्यक्ष गोदारले खेलाडीले घरमा बस्दा पनि आफ्नो फिजिकल एक्सरसाइज र आफ्नो तौल मेन्टेन गरि राख्न आग्रह गर्छन ।

घरमानै दैनिक दुई घन्टा शारिरिक व्ययाम गर्दै आफ्ना परिवार संग दिन विताएका गोदारले सबै खेलाडीलाई सचेत रहन र आफ्नो साथीभाई सबैलाई यस बारे सचेतना अपनाउन खेलाडीहरुलाई आग्रह गर्छन । खेलाडी समाजको मुख्य अङ्ग भएकोले खेलाडीले पनि यति बेला सामाजिक दुरी कायम राख्दै समाजमा सचेतना फैलाउने काममा जुटन उनले आह्वान गर्छन ।

‘सहि सन्देश दिन भुमिका निर्वाह गरौं’-सुदर्शन रञ्जित–अग्रज खेल फोटोपत्रकार

अग्रज फोटो पत्रकार रञ्जितको दैनिक मर्निङवाक आउने ठाउँनै पोखरा रंगशाला हो । पाँच दिन यता उनको मर्निङ वाक टुटेको छ । आफ्नो जिवनमा यसरी पाँच दिन देखि घरमानै थन्किनु पर्छ भन्ने कुरा उनले कहिल्यै सोचेका पनि थिएनन । कोरोनाको कहर संगै सँधै एक घन्टा पोखरा रंगशालाको दैनिकी परिवर्तन गर्न उनी यति बेला वाध्य बनेका मात्रै छैनन अरुलाई पनि यस बारे सचेत रहन उनी अपिल गर्छन ।

यो बेला निकै संयमित भएर हिड्ने बेला भएको उनको भनाई छ । चाहे खेलाडी होस वा पत्रकार वा अन्य कोही कोरोनाको कहरलाई जित्ने हो भने सामाजिक दुरी कायम राख्दै घरमानै बस्न उनी सबैलाई अपिल गर्छन । आफ्नो दिनचर्यालाई सोही रुपमा रुपान्तरण गर्न आग्रह गर्दै शारिरिक व्ययाम, मर्निङ वाक वा खेलको प्रशिक्षणका लागि आउने खेलाडी घरमा बस्न र सबैलाई सहि सन्देश दिन भुमिका निर्वाह गर्न उनले सबैलाई आग्रह गर्छन ।

‘सामाजिक अभियानमा जुट्न तयार छु’- बिनोद कायस्थः (भेट्रान टेनिस खेलाडी)

जिवनमन पहिलो पटक यस्तो अवस्था आइपरेको टोनिस कास्कीका अध्यक्ष एवम भेट्रान टेनिसका खेलाडी समेत रहेका बिनोद कायस्थ बताउँछन ।

सँधै दुई घन्टा रंगशाला विताउने कायस्थ यति बेला घरमानै परिवारका साथ वसिरहेका छन । पारिवारिक घटना र पोखरा नहुँदा बाहेक हरुबेला उनको दैनिकी भनेको बिहान दुई घन्टा पोखरा रंगशालामा आउनु थियो ।

आफ्नो शारिरिक व्ययामलाई दैनिक एक घन्टा दिएका कायस्थले अरुलाई पनि घरमा नै बस्न र सामाजिक दुरी बढाउन आग्रह गर्छन । “यो बेला निकै संकटको घडि हो” उनी थप्छन–“पहिलो आफ्नौ स्वास्थ्य, परिवारको स्वास्थ्यको सम्पुर्ण ख्याल गर्नुपर्छ ।” उनी आवश्यक परेको बेला कुनै पनि सामाजिक अभियानमा जुट्न समेत तत्पर रहेको बताउँछन । उनी भन्छन–“शुरक्षित रहँदै हामी संकटको घडीमा जुट्न आवश्यक भयो भने म तयार छु ।”

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close