बैकल्पिक फुटबल मैदान…यसरी हुँदैछ काम (भिडियो)

पोखरा, पोखरा रंगशाला भित्र रहेको बैकल्पिक फुटबल मैदानलाई अन्तिम रुप दिन पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीले आफैले पहल थालेको छ ।

युवा तथा खेलकुद मन्त्रालय मार्फत राष्ट्रिय खेलकुद परिषदले ३० लाख रकम विनियोजित गर्दैै कास्की एन्फालाई कामको जिम्मेवारी दिए पनि अलपत्र पारे पछि, क्षेत्रिय खेलकुदले आफै काम जिम्मा लिएको हो ।

एन्फा कास्कीले बनाएको उपभोक्ता समिती सुरुका दिनमा ३० लाख प्राप्त गरि काम सुरु गरेको थियो । उपभोक्ता समितीले पोखरा महानगरको डोजर र एमए कन्स्ट्रक्शनको ब्रेकर प्रयोग गरिएको कामलाई छिटो सक्ने भनेपनि ४–४ महिना सम्म अलपत्र छोडेपछि क्षेत्रिय खेलकुदले निरन्तरता दिएको हो ।

परिषदले काममा ढिलाई भएपछि थप दिने भनिएको ६० लाख समेत नदिने भएको हो । क्षेत्रिय खेलकुदले आफ्नै स्रोत खोजेर निर्माण गर्न लागेको हो ।
भिडियो/तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close