प्याराग्लाइडिङका व्यवसायिक, सोलो र प्रशिक्षणका सम्पुर्ण उडान बन्द

पोखरा, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना (कोभिड–१९) का कारण गण्डकी प्रदेश भित्र सञ्चालन भएका प्याराग्लाइडिङका सम्पुर्ण व्यवसायिक, सोलो र प्रशिक्षणका उडानहरु बन्द हुने भएका छन ।

व्यवसायिक प्याराग्लाइडिङहरुको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) ले विश्वमा फैलिएको कोरोनाका कारण चैत १० गते देखि २१ गते सम्म कुनै पनि व्यवसायिक उडान (टेन्डम), सोलो र प्रशिक्षणका कुनै पनि उडान नर्गन आफ्ना मातहातका सम्पुर्ण व्यवसायी र पाइलटहरुलाई आग्रह गरेको छ ।

संस्थाका महासचिब बलराम आचार्यले सम्पुर्ण व्यवसायी र पाइलटहरुलाई परिपत्र गर्दै कोरोना सचेत रहन आग्रह गर्दै सूचनालाई अटेर गर्दै कसैले उडान गरेमा नियमानुसार कार्वाही समेत गरिने उल्लेख गरिएको छ ।

हल पोखरामा करिब ६० व्यवसायिक प्याराग्लाइडिङ कम्पनी र ३५० भन्दा बढी पाइलटहरु कार्यरत रहेका छन । पोखरामा यो समयमा दैनि २ सय देखि ३ सय व्यवसायिक उडानहरु हुने समय भए पनि कोरोनाका कारण ठप्प हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close