“कप्तान हुदाँ खुसी छु…..तर मन भने खुसी छैन”–अरुणा शाही, राष्ट्रिय कप्तान भलिबल

केशव पाठक/पोखरा,
महिला भलिवलकी राष्ट्रिय कप्तान अरुणा शाहीको भनाई हो यो–“कप्तान हुन पाउँदा खुसी त तर मन भने खुसी छैन ।” उनको भनाईले यति बेला पोखराको भलिबल खेललाई गिज्याएको भान थियो ।

म्याग्दीकी अरुणा पोखरा थलो, ज्ञानुबाबा बाट अध्ययन संगै भलिवल सिकिन । तत्कालिन पश्चिमाञ्चलको तर्फ बाट खेल्दा खेल्दै राष्ट्रिय र अहिले कप्तान भएर टिम सम्हालिरहेकी छन ।

उनलाई पोखरामा लायन्सले आयोजना गरेको एक कार्यक्रममा सम्मानका लागि बोलाइएका बेला मञ्चमा उभिएर यसरी भनिनकी भलिवलको पद सम्हालेर बसेकाहरु समेत मुखा–मुख गर्दै थिए ।

कुनै बेला पशिचमाञ्चल बाट खेलेर राष्ट्रको गरिमा बढाउन भूमिका खेलेकी उनलाई अझै पनि यहि बाट खेल्ने धोको छ । उनले भनिन–“मलाई त यहि बाट खेल्ने मन छ, तर खेलाडी नहँुदा समस्या छ ।” उनले भनिन–“यहाँ राम्रो टिम भईदिएको भए म भौँतारिन पर्ने थिएन होला ।”

कास्की जिल्ला भलिवल संघ र प्रदेश भलिवल संघलाई राम्रा खेलाडी उत्पादन गर्न कप्तान अरुणाले आग्रह गरिन । उनले यसका लागि गम्भिर भएर सोच्न भलिवल संघका पदाधिकारीहरुलाई आग्रह गरिन । “मेरो घर म्याग्दी भए पनि यहिँ (पोखरा) पढेँ यहि हुँर्के यहि खेले” उनले थपिन–“राम्रो टिम बनाउनोस म यहिँ आउन चाहन्छु ।”

एक खेलाडीको घर फर्कने र आफ्नै दर्शक माझ खेल्ने रहर र भावना अरुणाले पोख्दा भलिवल संघलाई चुनौती पस्केकी छन त्यो भनेको खेलाडी उत्पादन गर्नु । आफूलाई सम्मान गर्ने संघ संस्थाहरुलाई धन्यवाद दिदा उनले दिएको अभिव्यक्तीलाई कम आक्न सकिँदैन । कुनै बेला नेपालको राष्ट्रिय टिममा आधा भन्दा वढी खेलाडी भित्रायाउने पोखरा खेलाडी उत्पादनमा भने कछुवाको गतिमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close