राष्ट्रिय बुद्धीचाल प्रतियोगिता फागुन २३ गते बाट

पोखरा, काठमाडौं जिल्ला बुद्धिचाल संघको आयोजनामा आगामी फागुन २३ देखि २५ गतेसम्म हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगीता हुने भएको छ ।

काठमाडौं जिल्ला बुद्धिचाल संघका निवर्तमान अध्यक्ष अमृतचन्द्र श्रेष्ठका आमा स्व. हेरामाया श्रेष्ठ स्मृतिमा आयोजना हुने प्रतियोगितामा देशभरका करिब १ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

कुल ३ लाख ६५ हजार २ सय ५० रुपैयाँ बजेटमा सम्पन्न हुने अनुमान गरिएको प्रतियोगितामा ७० हजार नगद पुरस्कार राखिएको छ भने पहिलो हुनेले २५ हजार प्राप्त गर्नेछन् । विभिन्न उमेर समूह तथा रेटिङ क्याटागोरी गरि ११ जना खेलाडीले पुरस्कार प्राप्त गर्ने यस प्रतियोगितालाई हरेक वर्ष महिला दिवसका दिन सम्पन्न हुनेगरी आयोजना गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Translate
Close
Close