युनेष्कोका पुर्व अध्यक्ष म्याराथनमा सहभागी हुन पोखरामा

पोखरा, युनेष्कोका पूर्व अध्यक्ष डेभिडसन हेप्वर्न १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी हुन आज पोखरा आइपुगेका छन ।

पोखरा म्याराथन मार्फत विश्व शान्तीको कामना गर्न पूर्व अध्यक्ष डेभिडसन पोखरा आएका हुन । पोखरा विमानस्थलमा मञ्चका अध्यक्ष तेज गुरुङ लगाएतले उनलाई स्वागत गरेका थिए ।

उनले पोखरा विमानस्थलमा ओर्लिए पछि छोटो कुराकानीमा पोखरा म्याराथनमा सहभागी हुन मात्रै नभई पोखरा जस्तो सुन्दर शहरमा आउन पाउनु आफ्नो लागि गौरवको विषय भएको बताए ।

फागुन ३ गते हुने म्याराथनमा पूर्व अध्यक्ष डेभिडसनले शान्तीको कामना गर्दै पिस टर्च बाल्ने र आफ्नो सहभागिता जनाउने छन । पोखरा म्याराथनमा पहिलो पटक उच्च स्तरिय व्यक्तित्व आउनु पोखरेली सबैका लागि गौरवको विषय रहेको मञ्चका अध्यक्ष गुरुङले बताए ।
तस्विरः सुदर्शन रन्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close