गण्डकी प्रदेश स्तरिय अन्तर जिल्ला क्रिकेट लिग माघ २९ बाट

पोखरा, पोखरा क्रिकेट एकेडेमिको आयोजनामा माघ २९ देखि पोखरा रंगशालामा गण्डकी प्रदेश स्तरिय अन्तर जिल्ला क्रिकेट लिग प्रतियोगिता शुरु हुने भएको छ । आयोजक समितिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरि सो जानकारी दिएको हो ।

एक दिवशिय फर्मेटमा आयोजना हुने प्रतियोगितामा कास्कीका दुई टिम कास्की ए, कास्की बि सहित गण्डकी प्रदेशका नवलपुर, बाग्लुङ्ग र स्याँग्जाको एक एक टिम गरि कुल ५ टिमको सहभागिता रहने आयोजक एकेडेमीका अध्यक्ष बमबहादुर कँुवरले जानकारी दिए ।

प्रतियोगिता नाफामुलक भन्दापनि क्रिकेट विकासका लागि आयोजना गरिएको कुँवरले बताए । प्रतियोगिता आयोजनाका लागि हाल सम्म कुनै ठूलो प्रायोजक पनि नपाएको उल्लेख गर्दै यो प्रतियोगिताबाट कमाउने वा बचत गर्ने लक्ष्य पनि नरहेको जनाए ।

१० दिन सम्म चल्ने प्रतियोगितामा १० खेल हुने प्रतियोगिता संयोजक चन्द्र गुरुङ्ग ‘जिम्मी’ले जानकारी दिए । राउण्ड रोविन लिगको आधारमा खेलाइने प्रतियोगितामा लिगका सबै खेल सकिदा शिर्षस्थानमा रहने टिम प्रतियोगिताको च्याम्पियन बन्ने उनले जानकारी दिए ।

गण्डकी प्रादेसिक क्रिकेट संघ तथा कास्की जिल्ला क्रिकेट संघको सहयोगमा हुने प्रतियोगितको च्याम्पियन टिमले नगद २० हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै, सर्वोत्कृट खेलाडी, उत्कृष्ट ब्याट्स्म्यान, उत्कृष्ट बलर तथा हरेक खेलमा म्यान अफ द म्याच ट्रफि प्रदान गरिने एकेडेमीका प्रशिक्षक रिजन प्रजुले जनाए ।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ्गले जुनियर लेवलका खेलाडीलाई लक्षित गर्दै आयोजित यस्ता प्रतियोगिताबाट नवप्रतिभा खेलाडी निस्कने औल्याए । प्रतियोगिता सफल पार्न परिषदबाट आर्थिक एवं भौतिक सहयोग रहने विश्वास दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close