ढोरपाटन महिला लिग भलिवलः ६ टिम दोस्रो चरणमा प्रवेश

पोखरा, तीन विभागीय टोली साविक विजेता तथा विभागीय नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र होङग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

एक खेल कम खेलेको बुलबुले रारा भलिबल क्लब र चितवन टाइग्रसले पनि टप सिक्समा पर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भयो । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार पहिलो चरणको अन्तिम दिनको खेलसँगै दोस्रो चरणमा पुग्ने ६ टोलीको टुंगो लागेको हो । ढोरपाटन, चुली युवा क्लब, पारामाउन्ट र सेव पहिलो चरणबाट बाहिरिए ।

अपराजित एपिएफले ९ खेलबाट २६ अंक जोड्यो । दोस्रो स्थानमा रहेको पुलिसले २५ अंक जोड्यो । आर्मीले २१ तथा ८ खेल खेलेको डायमन्डले १८ अंक जोड्यो । बुलबुलेको १४ तथा चितवनको १३ अंक छ ।

शनिबार पहिलो चरणको बाँकी रहेको न्यु डायमन्ड र बुलबुलेको खेलसँगै दोस्रो चरणका खेलहरु शुरु हुनेछ ।

शुक्रबार चितवनले ढोरपाटनमाथि २५-४, २५-१५ र २५-१२ को सहज जित निकाल्यो । अर्को खेलमा पुलिसले बुलबुलेमाथि २४(१०, २५-१४ र २५-१९ को सहज जित निकाल्यो । यस्तै एपिएफले डायमन्डमाथि २५-१७, २५-१९ र २५-१६ को सहज जित निकाल्दा आर्मीले चितवनमाथि २५-२०, २५-१६ र २५-२१ को सहज जित निकाल्यो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close