सांसद मनाङेले गरे एन्फा अध्यक्ष मिलनमाथी मुक्का प्रहार

पोखरा, पोखरामा आजबाट सुरु भएको मुख्य मन्त्री कप प्रदेश स्तरिय लिग फुटबल प्रतियोगिताको उदघाटन कार्यक्रममा गण्डकी प्रदेश सांसद राजिव गुरुङ (दिपक मनाङे)ले कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुुरुङ माथी मुक्का प्रहार प्रहार गरेका हुन ।

पोखरा लेखनाथ स्थित आदर्श खेल मैदानमा मुख्य मन्त्री कप उद्घाटन कार्यक्रममा मञ्चमा अतिथीको नाम बोलाउने क्रममा मंच नजिकै जम्का भेट भएका दुई जना विच भनाभन पछि मुक्का प्रहार भएको हो । सांसद मनाङेले आफ्ना जिल्लाको मनाङ बाट आएको टिमलाई खासै वास्ता नगरेको र बसोवासको समेत व्यवस्था नगरेको भन्दै रोष प्रकट गरेका थिए । “न त प्रेक्टिसका लागि मैदान न त वस्नका लागि होटल” उनले भनेका छन–“आयोजकले निकै ठूलो कमजोरी गर्यो ।”

यता मुख्य मन्त्री कप आयोजक समितीका संयोजक एवम एन्फा उपाध्यक्ष कृष्ण थापाले सांसद जस्तोले हात हाल्नु उचित नभएको प्रतिक्रिया दिएकाछन । “सांसदले हामीलाई समेत लक्षित गर्दै नानाथरी बोलेका छन यसका लागि हामीले उचित कदम चाल्छौं ।” उनले भने–“बल्ल आज बाट खेल सुरु भयो, सरकार बाट बजेट आएको छैन, टिमलाई खेलको एक दिन अघि मात्रै आउन भनिएको हो।” उनले पत्रकार सम्मेलन गरेर भएपनी यसको यर्थाथ विवरण वाहिर ल्याउने बताए ।

मुख्य मन्त्री कपका लागि गण्डकी प्रदेश सरकारले ४० लाख नगद सहयोग गरेको छ । एन्फा कास्कीका अध्यक्ष कोषाध्यक्षको रुपमा मिलनको अनिवार्य र संयोजकको हस्ताक्षर बाट खाता संचालन हुने भनिएको छ । अर्कोतर्फ एन्फाले हालै गठन गरेको एन्फा गण्डकी प्रदेशका अध्यक्षलाई भने कुनै जिम्मेवारी दिएको छैन । प्रदेशसरकार गठन पछि पहिलो पटक कुनै पनि खेलकुद संघलाई सरकारले यति ठूलो रकम उपलव्ध गराएको हो ।

रकम हिनामिना हुने डरले प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय मार्फत आफै खर्च गर्ने गरि खाता संचालन हुने संयोजक थापाले बताएका छन ।

यत केही दिन अघि पोखरा नयाँबजार स्थित क्रियटिभ अवार्डका संचालक रामकृष्ण पौडेलले एन्फा कास्कीका अध्यक्ष संग बक्यौता रकम माग गर्दा एन्फा अध्यक्ष मिलन गुरुङले हातपात गरेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयमा ठाडो उजुरी दर्ता गराएका छन ।

एन्फाले गत वर्षको मनकामना कप लगाएत अन्य सामाग्रीको १२ लाख बक्यौता रहेको र माग गर्दा नदिई उल्टै अध्यक्षले आफूलाई कुटपिट गरेको भन्दै सिसिटभी फुटेज सहित उजुरी दर्ता गराएका थिए । तर अध्यक्ष मिलनले उक्त कुराको खण्डन गर्दै आफूलेनै उल्टो रकम पाउनुपर्ने दावी केही संचार माध्यममा गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Close
Close