पोखरामा किशोरीहरुलाई एक दिने आत्मरक्षा तालिम प्रदान

पोखरा, मार्शल आर्टको आईकिदो आइकिकाई संघ नेपालको सहयोगमा पोखरामा किशोरीहरुलाई एक दिने आत्मरक्षा तालिम प्रदान गरिएको छ ।

किशोरीहरुप्रती समाजमा बढ्दै गएको हिंसा र दुव्र्यवहार रोक्न तथा उनीहरुलाई आत्मरक्षाका लागि समेत प्रभावकारी हुने भएकोले यस्तो तालिम प्रदान गरिएको आईकिदो आइकिकाईका प्रशिक्षक बिनय श्रेष्ठले जनाएका छन । “किशोरीहरुलाई आत्मरक्षाका लागि मार्शल आर्ट खेलको आईकिदो आइकिकाइ निकै उपयूक्त र सहज पनि छ, यो जसले पनि सिक्न सक्छ” प्रशिक्षक श्रेष्ठले भने ।

पोखरा १७ विरौटमा दिइएको उक्त प्रशिक्षणमा २० जना किशोरीहरुको सहभागिता रहेको थियो । उनीहरुलाई प्रशिक्षक श्रेष्ठले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा सहभागिहरुलाई कार्यक्रमका संयोजक भरत लामिछानेले प्रमाणपत्र वितरण गरेका थिए ।

प्रशिक्षक श्रेष्ठले आगामी दिनमा पनि संघले यस्ता प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने बताए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close