तेस्रो अमन गुरुङ स्मृति सेभेन ए साईड कप : एम–१२ को सानदार जित

पोखरा, भ्याली स्पोर्ट्स क्लब पोखराको आयोजनामा जारी “तेस्रो अमन गुरुङ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता” अन्तरगत बुधबार चार खेल सम्पन्न भएका छन ।

पोखरा–१५ कोलपाटनको रेम्बो एकेडेमी होम्सको खेल मैदानमा जारी प्रतियोगितामा बुधबार भएको पहिलो खेलमा बिटि एफसीले नयाँ गाउँ एफसीलाइ ४–० को फराकिलो गोल अनतरले पाखा लगाउदै जित हात पारेको छ । बिटिको जितमा सुदिप पाठक नायक बने । बिटिको लागी चार गोलनै सुदिपले गरे ।

दोस्रो खेलमा गार्डेन एफसीले ओ.ड्ब्लु.सिलाइ ४–० कै फराकिलो गोल अन्तरले पाखा लगाउदै आफ्नो पहिलो जित दर्ता गराएको छ । गार्डेनको जितमा ध्रुव घिमिरेले ह्याट्रीक गर्दा मुकेश श्रेष्ठले एक गोल गरे ।

त्यस्तै तेस्रो खेलमा एम–१२ का अभिनाष तामाङ चम्किदा दिव्य ज्योती एफसीको लज्जास्पद हार व्यहोरेको छ । एम–१२ ले दिव्य ज्योतिलाई ६–० को निकै फराकिलो गोल अन्तरले पाखा लगायो । अभिनाषले दोहोरो ह्याट्रीक गरे ।

बुधबारको अन्तिम खेलमा एलजि एसोसिएसनले रन्जन मेमोरियललाइ २–१ को गोल अन्तरले पाखा लगायो ।
अत्यन्तै प्रतिस्पर्धात्मक अन्तिम खेलमा एलजीको लागी अजित गुरुङले २ गोल गर्दै टिमलाइ जित दिलाए । रन्जनको लागी अशोक थापाले एक गोल गरे ।

प्रतियोगितामा इन्टेक ०६ विग्रेड अफ गोर्खाज यु.के,आयोजक र अन्य क्लब गरि १८ टिमको सहभागीता रहेको प्रतियोगिता संयोजक संयोजक विश्व तण्डुकरले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद रू एक लाख ५० हजार, द्वितीय हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन । यस्तै उत्कृष्ट खेलाडीले १२ हजार र सर्वा्धिक गोलकर्ताले ७ हजार रुपैयाँ पाउने छन् भने म्यान अफ दि म्याचले मोबाइल प्राप्त गर्ने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close