नेपाली लनटेनिस टोली फिलिपिन्स प्रस्थान

पोखरा, आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार फिलिपिन्सको मनिला प्रस्थान गरेका छन् ।

जनवरी १३ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।

पुरुषमा आरभसम्राट हाडा र अकी जुवेन रावत तथा महिलामा शुभाङ्गीलक्ष्मी शाह र इभा अधिकारीले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा छेवाङ लामा छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघका महासचिव मनोहरदास मुल र सदस्य अजय विष्टले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close