घरेलु टोली पोखरा पल्टनको लगातार तेश्रो पराजय

पोखरा, पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा पोखरा पल्टन लगातार तेस्रो हार बेहोरेको छ । पहिलो संस्करणको च्याम्पियन पोखरा पल्टनको यात्रा लगातारको तेश्रो पराजय संगै अघिल्लो यात्रा कठिन बनेको छ ।

शुक्रबारको खेलमा बुटबल ब्लास्टरले पोखरालाई ८ विकेटले पराजित गर्दै सनसनीपूर्ण जित निकाल्यो । पोखराले दिएको १२२ रनको लक्ष्य बुटवलले मात्र १४ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

बुटवलका लागि विस्फोटक ब्याटिङ गरेका अफ्ताबुद्दिन अहमदले र शंकर रानाले पहिलो बिकेटका लागि ८७ रनको साझेदारी गरेसंगै जित सुनिश्चित भएको हो । राना १९ रनमा आउट भए । दोस्रो विकेटका रुपमा आउट भएका अहमदले ७५ रन बनाए । ४६ बलको सामना गरेका उनले १२ चौका र दुई छक्का हाने ।

भीम सार्की १६ र हर्ष टोंक ६ रनमा अविजित रहे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर १२१ रन बनाएको थियो । पोखराका लागि रवि इन्दर सिंहले ४५ रन बनाए ।

चितवनको लगातार तेश्रो जित
यता आजै सम्पन्न खेलमा चितवनले एक्सपर्ट धनगढी संग ५२ रनले जित दर्ता गरेको छ । आरिफ शेखले २० बलमा ४ छक्का र २ चौकाको सहयोगले विष्फोटक नट आउट रहँदै ४७ रनको पारी खेलेपछी चितवनले धनगढीलाई १८२ रनको सम्माजनक लक्ष्य प्रस्तुत गरेको थियो ।

 तर धनगढी पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १२९ रन बनाए पछि चितवनले पिपिएल दोश्रो संस्करणमा आफ्ना तिन वटै खेलमा जित हात पारेको हो ।

चितवनका लागि बाबर हायातले २८ बलमा ३६ रन, पारसले १५ बलमा २३ रन सन्नी पटेल १७ बलमा ३२ रन नट आउट रहे । धनगढीका लागि दिपेन्द्र सिंह ऐरीले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट, अनिल खरेलले ४ ओभरमा १८ रन दिएर २ विकेट लिए । कमल सिंह ऐरीले ४ ओभरमा ५२ रन र सागर ढकालले ४ ओभरमा ४१ रन दिए । उनीहरुले कुनै विकेट निकाल्न सकेनन ।

यता धनगढीको पारिमा दिपेन्द्र सिंह ऐरीले ४२ बलमा ४ चौका र २ छक्काको सहयोगले ४९ रन बनाउनु बाहेक अन्य खेलाडी कृजमा जम्न सकेनन । रोड्रिगो थोमसले २० बलमा २४ रन जोडे भने सन्दिप जोराले २१ रन बनाए ।

चितवनका लागि भूवन कार्कीले आफ्नो पुरै स्पेलमा २३ रन खर्चिएर ३ विकेट, करन केसीले २ र सन्नी पटेलले २ बिकेट हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close