डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनलाई चितवनले लियो बदला

पोखरा, दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० मा डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनलाई ६ विकेटले हराउदै चितवन टाईगर्सले पहिलो जित निकालेको छ ।

गत वर्षको उपविजेता चितवनले फाइनलको बदला लिदैँ घरेलुटोली पोखरालाई सजिलै हार चखाएको हो । गत वर्ष पोखरा पल्टनले चितवन राइनोजलाई नै फाइनलमा हराउँदै उपाधी हात पारेको थियो ।

पोखरा रंगशाला क्रिकेट मैदानमा भएको खेलमा एक सय आठ रनको लक्ष्य पाएको चितवनले १४.५ ओभरमा ४ विकेटको क्षतिमा जित हात पारेको हो ।

चितवनको जितमा बाबर हायातले सर्वाधीक ६६ रनको योगदान दिए जुन पोखराको लागि निकै ठुलो चुनौति बन्न पुग्यो । बाबर फास्टेष्ट ५० रन बनाएर पुरस्कृत समेत भए भने खेलको म्यान अफ दि म्याच हुदैँ नगद दश हजार समेत प्राप्त गरे । चितवनका बाबर चम्किदाँ पोखराको हार निश्चित भएको थियो । उनले ४२ बलमा ४ छक्का र ६ चौका प्रहार गर्दै दोस्रो संस्करणको हाल सम्म सर्वाधीक रन बनाउने खेलाडी समेत बनेका छन ।

तेस्रो ब्याटस्म्यानका रुपमा पिच पुगेका बाबर नट आउट रहे । त्यस्तै छैटौँ ब्याटस्म्यानको रुपमा मैदान प्रवेश गरेका सन्नि पटेलले जितको लागि बाबर संग सहकार्य गरे । सन्निले २२ रनको योगदान दिए । चितवनको लागि ओपनर व्याटस्म्यान रोहन मुस्तफाले ११ रनको योगदान दिए भने अनिल शाह शुन्यमै पेलिभियन फर्किए । कप्तान पारस खड्का ४ रनमै आउट भए भने आरिफ सेखले एक रन जोडे ।

टस हारेर ब्याटिङ्गको निम्तो पाएको पोखरा २० औं ओभरको अन्तिम बलमा अल आउट हुँदै एक सय ८ रनमा समेटियो । पोखराका लागि कप्तान शरद भेष्वाकरले सर्वा्धिक ४५ रन बाहेक अन्य ब्याटसम्यानले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । भेष्वाकरले ३९ बलमा ३ छक्का र ३ चौका सहित ४५ रन बनाएका हुन ।

पोखराका ओपनर ब्याटसम्यान कुशल भुर्तेल ५ रनमा एलवीडब्लु हुदै आउट भए भने अर्का ओपनर असिफ सेख १० रनमै आउट हुन पुगे । रवि इन्दर सिंह १०, विनोद भण्डारी सात, कुशल मल्ल १३, रसिद खान १० र नट आउट रहेका ललित नारायण राजवंशीले ३ रन जोडे भने रोहित पौडेल शून्य रनमै रन आउट हुँदै पेलिभिएन फर्किए त्यस्तै प्रथामेस डाके र सर्व्जित लादा शुन्य रनमै पेलिभियन फर्किए ।

चितवन राइनोजको लागि सन्नी पटेल, रोहन मुस्तफा र भुवन कार्कीले समान दुई–दुई विकेट लिए भने करण केसि ,विक्रम सोव र कप्तान पारस खड्काले समान एक एक विकेट लिए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close