सरस्वती र सनितालाई भारोत्तोलनमा स्वर्ण

पोखरा स्पोर्टस । सप्तरीको राजविराजमा आयोजना भएको देवनारायण स्मृती भारोत्तोलनमा कास्कीबाट सहभागी खेलाडी सरस्वती गुरुङ र सनिता लामाले स्वर्ण पदक जितेका छन ।

आइतबार भएको फाइनल चरणमा कास्कीकी सरस्वतीले जुनियर क्याटोगरी महिलातर्फ ७६ केजी तौल समुहमा स्वर्ण पदक जितेकी हुन । त्यस्तै जुनियर महिलातर्फ नै ६२ केजी तौलमा सनिता लामाले स्वर्ण पदक जितेको कास्की जिल्ला भारोत्तोलन संघका अध्यक्ष राजन वडगामीले पोखरा स्पोर्टलाई बताए ।

तिन स्वर्ण पदक जित्ने लक्ष्यका साथ राजविराज पुगेको कास्कीको भारोत्तोलन टोलीले उत्कृष्ट पदर्शन गर्दै ४९ केजी तौल समुह यूथतर्फ शुष्मा काफ्लेले रजत पदक जितिन भने सोही तौलको जुनियर प्रतिष्पर्धामा काश्य पदक हात पारेकी छन । त्यस्तै ४५ केजी तौल समुहमा अनिषा गुरुङले काश्य पदक जित्न सफल भएकी छन ।

प्रतियोगिता यहि फागुन २९ गतेबाट सञ्चालन भएको प्रतिष्पर्धामा कास्कीबाट ५ महिला र १ पुरुष गरी ६ जनाको खेलाडीको सहभागिता रहेको थियो ।

AHA RARA ADVT

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close