नेपालले क्रिकेट एसिटीलाई दियो १७८ रनको लक्ष्य

पोखरा स्पोर्ट्स । नेपालले क्रिकेट एसिटीलाई १७८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनएको हो ।

नेपालका लागि आसिफ सेखले सर्बाधिक ६९ रन बनाए भने कप्तान रोहित पौडेलले ३६, आरिफ सेखले २४ रन बनाएका थिए ।

नेपाली क्रिकेट टिमले आइसीसी टी-२० विश्वकप एसिया-इएपी छनौट को तयारीका लागि यी अभ्यास खेल खेल्न लागेको क्यानले बताएको छ ।

नेपाली टिमले अस्ट्रेलिया क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्न लागेको हो । नेपाली टीमले क्रिकेट एसिटीसँग आज दुई टी-२० खेल्दै छ । जसमा पहिलो खेल बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ भने दोस्रो खेल ९: ४५ बजेदेखि शुरु हुने क्यानले जानकारी दिएको छ ।

त्यस्तै साउथ अस्ट्रेलियासँग अगस्त २८ मा दुई टी-२० खेल्ने छ, जुन बिहान ५: ४५ र ९: ४५ बजेदेखि शुरु हुने छ ।

त्यस्तै अगस्त ३० मा साउथ अस्ट्रेलियासँग एक एकदिवसीय खेल खेल्ने क्यानले जनाएको छ, जुन खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close