दक्षिण एसियाली ओलम्पिक काउन्सिल र साग सेफ दि मिसनको टोली पोखरामा

पोखरा, नेपालमा यहि मंसिर १५ देखि २४ गते सम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को नेपालको तयारी तथा आयोजना बारे जानकारी लिन दक्षिण एसियाली ओलम्पिक काउन्सिल र सेफ दि मिसनको टोली पोखरा आइपुगेको छ ।

सागको अन्तिम तयारीका लागि काठमाडौको बैठक र खेल स्थलको अनुगमन सकेर टोली आज पोखरा आइपुगेको हो । सागमा सहभागि हुने सातै राष्ट्रका ओलम्पिकका प्रतिनिधी तथा सेफ दि मिसनको टोली पोखरामा साग तयारी बारे जानकारी लिन तथा अनुगमनका लागि पोखरा आएको हो ।

पोखरा रंगशालामा आएको २३ सदस्यिय टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले र साग तयारी पोखराका सदस्यहरुले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।

टोली संगै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवम प्रतिनिधी सभा सदस्य जिवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवाल समेत संगै पोखरा आएका छन ।

टोलीले पोखरा रंगशाला स्थित खेल स्थलहरुको अनुगमन गरेको छ । टोलीले भोली १३ औं साग पोखरा संग शंयूक्त बैठक बसी साग तयारीका बारेमा जानकारी लिने र भोली दिउसो काठमाडौ फर्किने कार्यक्रम रहेको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले जानकारी दिएका छन ।

टोलीमा भारत, वंगालादेश, पाकिस्तान, भुटान, श्रीलंका र मालदिभ्सका ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधी र सबै देशका सेफ दि मिसनका प्रतिनिधीहरु रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close