लामो समय पछि व्याडमिन्टन कोर्टमा फर्किए बिवेक

पोखरा स्पोर्टस । लामो समय कोर्टबाट बाहिर रहेका पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका बिवेक श्रेष्ठ पुनः कोर्टमा फर्कदै प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ मा बिहिबार जित निकाल्दै क्वाटरफाईनल प्रवेश गरेका छन् ।

पुरुष एकलको प्रतिस्पर्धामा श्रेष्ठले सुनसरीका प्रकाश लिम्बुलाई २१।१४, २१।१५ को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेका हुन् । बिवेक २०६४ सालमा चितवनमा भएको ३४ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा यु १६ जुनियर च्याम्पियन रहिसकेका खेलाडी हुन् । उनले त्यस समय अहिलेका नम्बर एक खेलाडी तथा पूर्व राष्ट्रि«य च्याम्पियन भोजपुरकै रत्नजित तामाङ्गलाई पराजित गर्दै च्याम्पियन भएका थिए ।

यस्तै उनी सिनियर तर्फ राष्ट्रिय च्याम्पियनमा सेमिफाइनलिष्ट र पुरुष युगल तर्फका पनि फाईनलिष्ट खेलाडी रहिसकेका छन् । निकैनै स्तरिय खेल प्रदर्शन गर्ने र सम्भावित राष्ट्रिय च्याम्पियनको रुपमा हेरिएका खेलाडी बिवेकले ३ बर्ष अगाढी सुनसरीको ईटहरीमा भएको ७ औं पुष्पलाल ¥याङ्किङ्ग राष्ट्रि«य ब्याडमिन्टन प्रतियोगिता पश्चात घरायसी कारणले खेललाई अगाडी बढाउन सकेका थिएनन् ।

बिवेकले पुरुष युगल तर्फ पनि जित निकाले । उनले बिशाल तामाङ्ग संग मिलेर दिङ्गला भोजपुरका लेखनाथ श्रेष्ठ र बुद्ध तामाङ्गको जोडीलाई २१।१७, २१।१६ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएका हुन् । अन्तिम आठमा स्थान बनाउने क्रममा नंम्बर १ खेलाडी रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडी पनि दिङ्गला भोजपुरका दावा शेर्पा र नरेन्द्र तामाङ्गको जोडीबाट वाक ओभर प्राप्त गरे ।

स्कुल स्तरदेखिनै खेलाडी उत्पादन गर्ने उद्धेश्यले भोजपुरका साना बालबालिकालाई ब्याडमिन्टन खेल प्रति आकर्षण गर्न आयोजना गरिएको ब्वाईज यु १३ तर्फको खेलमा तयाबुङ्ग राईले अभि राईलाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरे । तयाबुङ्गले अभिलाई २।० ले पराजित गरेका थिए ।

यसैगरि अश्विन मोक्तानले रश्मन राईलाई २।१ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाए । अर्को क्वाटरफाईनल खेलमा प्रमिश राईले दिपांशु गुरुङ्गलाई तथा मेवुङ्ग राईले समिर राईलाई समान २।० अन्तरले पराजित गर्दै सेमिफाईनल प्रवेश गरे । क्वाटरफाईनल प्रवेशका लागि भएको प्रतिस्पर्धामा रश्मन राईले सुनसरी ब्याडमिन्टन एकेडेमीका सिमोन कार्कीलाई र दिपांशु गुरुङ्गले दीप तामाङ्गलाई २।० ले पराजित गरेका थिए । दीप ६ बर्षका खेलाडी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close