मिसन सागः टेटे टोली थाइल्यान्ड जाने, स्यान्टु टोलीमा

पोखरा, नेपालमा हुने दक्षिण एसियाली खेलकुद (साग) को १३ संस्करणमा सहभागी हुने नेपाली टेबलटेनिस टोली वैदेशिक प्रशिक्षणलाई सोमबार थाइल्यान्ड प्रस्थान गर्दैछ ।

पुरुष खेलाडीमा विनेश खनियाँ, पुरुषोत्तम वज्राचार्य, शिवसुन्दर गोथे, संयोग कपाली र स्यान्टु श्रेष्ठ रहेका छन् । महिलामा नविता श्रेष्ठ, रविना महर्जन, दीक्षा तामाङ, एलिना महर्जन र सिक्का सुवाल छन् । प्रशिक्षकमा विनोद शाक्य, मोहनदास बासुकला, सन्जिव ढुंगेल र सन्ध्या शाक्य तथा व्यवस्थापकमा धर्ममान वज्राचार्य र सरिता श्रेष्ठ छन् ।

वैदेशिक प्रशिक्षणपछि टोली नोभेम्बर २५ तारिख नेपाल फर्कने छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

स्यान्टुको पुनारगमन
टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि छनोट भएका छन् । गत असोज ९ र १० गते सागका लागि भएको अन्तिम छनोट प्रतियोगितामा स्यान्टु मोटरसाइकल दुर्घटना परि सहभागी हुन वण्चित भएका थिए । स्यान्टु असोज ८ गते मोटरसाइकल दुर्घटनामा परेका थिए ।

अन्तिम छनोटमा सहभागी हुन नपाएपनि अखिल नेपाल टेबलटेनिस संघले डाक्टरले स्यान्टुलाई साग अगावै खेल्न ‘फिट’ ठहराएको खण्डमा स्यान्टुलाई शीर्ष ५ मा छनोट हुने खेलाडीसंग पुनः छनोट खेल्न मौका दिने प्रावधान राखेको थियो । त्यही प्रावधान अनुरुप स्यान्टुले आइबार शीर्ष ५ मा छनोट भएका खेलाडी सुनिल महर्जनसंग प्रतिस्पर्धा गरेका थिए । त्यस प्रतिस्पर्धामा स्यान्टु ११–२, ११–८ र ११–४ को सोझो सेटमा विजयी हुँदै छनोट भएका हुन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close