सागलाई व्यवस्थित र भब्य बनाउन सबैको जिम्मेबारी छ–खेलकुद मन्त्रि विश्वकर्मा

पोखरा, यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले १३ औं दक्षिण एसियाली खेलकुद (साग)लाई भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्न सबै जिम्मेवार भएर अगाडी बढ्न आग्रह गरेका छन ।

यहि मंसिर १५ देखि २४ गते सम्म नेपालमा आयोजना हुने १३ औं साग अन्तरगत पोखरा साग सहजिकरण समितीका पदाधिकारीहरुलाई सम्बोधन गर्दै मन्त्रि विश्वकर्माले नेपालीजन तथा खेल क्षेत्रमा लागेकाहरुका लागि समेत साग अबसरका रुपमा रहेको बताउँदै भने–‘देशको प्रतिष्ठा संग जोडिएको विषय सागलाई भव्यताका साथ सम्पन्न गर्न हामी सबैको काँधमा ठूलो जिम्मेवारी आएको छ ।’

यति बेला सागलाई सफलतापूर्वक सम्पन्न गर्ने कुरा राष्ट्रिय प्रतिष्ठा संग जोडिएको विषय समेत रहेको भन्दै मन्त्रि विश्वकर्माले साग पोखरा अन्तरगत हुने नौ वटा खेलहरुलाई उत्तिकै सफलता पूर्वक सम्पन्न गर्न प्रदेश सरकार, पोखरा महानगरपालिका र स्थानिय सहजिकरण समितीले भूमिका खेल्ने कुरामा दृढ विश्वास रहेको उल्लेख गरे ।

साग सम्पन्न गर्न विभिन्न समितीहरु गठन भई आ–आफ्ना गतिविधीलाई तिव्ररुपमा अघि बढाएको कुरा जानकारी गराउँदै मन्त्रि विश्वकर्माले सबैले आ–आफ्नो काम कर्तब्य र अधिकार प्रती जिम्मेबार बन्दै कार्य सम्पादन गर्न आग्रह समेत गरे ।

साग पोखरा सहजिकरण समितीका संयोजक एवम गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि नर देबी पुनको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले साग अन्तरगत पोखरामा हुने कार्यक्रमहरुमा गण्डकी प्रदेशको स्थानिय संस्कृतीलाई विशेष रुपमा प्रस्तुत गर्न आग्रह गरे । उनले पोखरा साग अन्तरगत हुने केही विशेष खेलहरुमा टिकेटिङको व्यवस्था गरि टिकट बाट उठेको रकम पोखराकै पूर्वाधार बनाउन प्रयोग गर्न सहजिकरण समितीले भूमिका खेल्न सक्ने बताए ।

सो अबसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, राखेप प्रशासकिय विभागिय प्रमुख कुल बहादुर थापा, गण्डकी प्रदेश सांसद मोहन रेग्मी, साग पोखरा समितीका सदस्य तेज गुरुङ लगाएत अन्य विषयगत समितीका संयोजकहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close