यु–१८ नेपाली राष्ट्रिय फुटबल टोलीलाई पोखरामा स्वागत

पोखरा,
राष्ट्रिय फुटबल टोली (यु–१८) लाई पोखरामा एक कार्यक्रममा बिच स्वागत गरिएको छ ।‘साफ यु–१८ च्याम्पियनसिप २०१९’ का लागि पहिलो चरणको अभ्यास गर्न पोखरा आएको राष्ट्रिय टोलीलाई अखिल नेपाल फुटबल सँघ (एन्फा) कास्कीले स्वागत गरेको हो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, केन्द्रीय उपाध्यक्ष कृष्ण थापा, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, एन्फा कास्कीका निवर्तमान अध्यक्ष धरम सिं लामिछाने लगायतले खादा लगाई स्वागत गरे ।

सो अवसरमा बोल्दै राखेप सदस्य गुरुङले पोखरामा अभ्यास गरेर उपाधि जित्न सफल रहनेमा बिश्वास ब्यक्त गरे । उनले टोलीलाई प्रशिक्षणको क्रममा आवश्यक पर्ने सहयोग गर्नबाट पछि नहट्ने धारणा समेत राखेका थिए ।

त्यस्तै टिमका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले च्याम्पियन बन्नका लागि सबै तवरबाट टिम तयार रहेको बताए । उनले चुनौतिको रुपमा भारत र बङ्गलादेश रहेको बताउँदै यस अघि दुई पटक नेपाल च्याम्पियन बनिसकेको उल्लेख गरे ।

मुख्य प्रशिक्षक श्रेष्ठले यस पटक पनि च्याम्पियन बन्नका लागि सबै पक्षबाट टिम मजबुत रहेको बताए । ‘हाम्रो एट्याकिङ राम्रो छ, उनले भने–‘फरवार्ड र मिडफिल्ड पनि राम्रो छ, अझ डिफेण्डिङ लाईन झनै बलियो छ ।’

सबै प्रशिक्षण पुरा भैसकेको बताउदै अन्तिम तयारीका लागि पोखरामा ८ दिन रहने मुख्य प्रशिक्षक श्रेष्ठले बताए । उनका अनुसार २५ सदस्सीय टोली प्रशिक्षणमा सहभागि रहने पनि अन्तिम चरणमा २३ खेलाडीलाई छनौट गरिनेछ । काठमाडौंको हल्चोकमा असोज ३ देखी १२ गते सम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा नेपालले उद्घाटन खेल माल्दिभ्ससँग खेल्नेछ ।
तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close