वुमेन्स फिजिक एण्ड बिकिनी च्याम्पियनसिपको उपाधि सुजिता र रुपालाई

पोखरा,
पोखरामा सम्पन्न प्रथम ‘वुमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप–२०१९’ को उपाधि काठमाण्डौंकी सुजिता मानन्धर र ललितपुरकी रुपा केसीले जितेका छिन ।

गोर्खाज क्लासीकको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा फिजिक तर्फ सुजिता मानन्धर र बिकिनी तर्फ रुपा केसीले उपाधि जितेकी हुन ।

उपाधिसँगै मानन्धरले मेडल, ट्रफी, प्रमाणपत्र सहित नगद रु २ लाख प्राप्त गरे भने बिकिनी तर्फ बिजेता बनेका केसीले मेडल, ट्रफी, प्रमाणपत्र सहित नगद रु ८० हजार हात पारिन ।

फिजिक तर्फ दोस्रो बनेकी काठमाण्डौं केज टोटल फिटनेसकी रोजी लामाले मेडल, ट्रफी, प्रमाणपत्र सहित नगद रु १ लाख ५ हजार प्राप्त गरिन भने तेस्रो बनेका फिटनेस स्टपकी सनम मुल गुठीलाई मेडल, ट्रफी, प्रमाणपत्र सहित नगद रु ८० हजार प्रदान गरेको गोर्खाज क्लासीकका अध्यक्ष कुमार गुरुङले बताए ।

त्यसैगरी प्रतियोगिताबाट पावर जिम पोखराकी कमला थापा चौथो र वेभ फिजिकल फिट्नेस भक्तपुरकी जस्मिन लामा पाँचौ बनिन् । उनीहरुले मेडल र प्रमाणपत्र प्राप्त गरे ।

अध्यक्ष गुरुङले बिकिनी तर्फ उपबिजेता बनेकी सपना गुरुङलाई मेडल, ट्रफी, प्रमाणपत्र सहित ६० हजार र सान्त्वना स्थान हासिल गरेकी याङदोङ लामालाई मेडल, ट्रफी, प्रमाणपत्र सहित नगद रु ५० हजारको प्रदान गरे । प्रतियोगितामा अञ्जली थापा र श्रुती कार्की क्रमश चौथो र पाँचौ बन्दै मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा बिकिनी तर्फ १० र फिजिक तर्फ १० गरी कुल २० खेलाडीको सहभागिता रहेको थियो ।

प्रतियोगिताको दुवैबिद्या तर्फ मुख्य निर्णायकको रुपमा गोबिन्द्र चित्रकार र सहायक निर्णायकको रुपमा निर्मला महर्जन, नारायण प्रधान, नानीकाजी डंगोल, शिब ध्वज राई, केशव शाक्य र उत्तम उदास रहेका थिए ।

बिजेता तथा उपबिजेता बनेका खेलाडीहरुलाई नेपाली काङ्गे्रस नेत्री सरस्वती गुरुङ, अन्नपूर्ण केवलकार प्रालिका निर्देशक तिर्थराज त्रिपाठी तथा आयोजक संस्थाका अध्यक्ष कुमार गुरुङ लगायतले पुरस्कार बितरण गरेका थिए ।

प्रतियोगितमा सेप अप जुम्बा फिटनेसको तर्फबाट जुम्बा र आई.एफ.बी.बी प्रोकार्ड बिजेता बनिता राई लगायतले प्रस्तुती राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close