
पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा रग्वी खेलको विकास तथा विस्तारका लागि गण्डकी प्रदेश रग्वी संघ गठन भएको छ ।
पोखरामा मंगलवार विभिन्न जिल्लाका प्रतिनिधीहरुको भेलाले कास्कीका कुमार थिङको अध्यक्षतामा गण्डकी प्रदेश रग्वी संघ गठन गरेको हो । संघको उपाध्यक्षमा सुवास खडका (कास्की), खगेन्द्र क्षेत्री (पर्वत), इस्वर बस्याल (तनहुँ) र सह–सचिवमा जिवन बहादुर कार्की (म्याग्दी) रहेका छन ।
त्यसै गरी सदस्यमा राजकुमार बसेल (वागलुङ), राजेश जिशी (नवलपुर), शिव शर्मा (स्याङजा), विनोद श्रेष्ठ (तनहुँ), सुदिप नगरकोटी (गोरखा) र सावित्री पुर्जा (म्याग्दी) रहेका छन ।
संघको पदेन सदस्यमा मनाङका केशव पौडेल, प्रविन लामा (मनाङ), प्रेम तामाङ (लमजुङ), राम गुरुङ (गोरखा), जिवन पुन मगर (पर्वत), कमल हमाल ठकुरी (तनहुँ), सागर थापा (स्याङजा), शंकर पौडेल (म्याग्दी) र पेमा तासी (मुस्ताङ) रहेका छन ।
उक्त भेलामा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका लेखा प्रमुख डिवी नेपाली, जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख र नेपाल रग्वी संघका सचिब गोविन्द घिमिरे, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दिपक गोदारको उपस्थिती रहेको उपाध्यक्ष सुवास खड्काले पोखरा स्पोर्टसलाई बताए ।
