
पोखरा,
राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले सहारा क्लबको काम सबैका लागि अनुकरणिय रहेको बताएका छन ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद र कास्की जिल्ला खेलकुद विकास समितिले सहारा क्लवलाई ११ औं अधिवेशनबाट नव निर्वाचित कार्यसमितीलाई पोखरा रंगशालामा बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा राखेप सदस्य गुरुङले उक्त कुरा बताएका हुन ।

सहारा क्लब पोखराको नवनिर्वाचित अध्यक्ष केशबबहादुर थापा सहितको टोलीलाई पोखरा रंगशालामा पहिलो पटक राखेप सदस्य गुरुङको अगुवाईमा बधाई ज्ञापन गरेको हो । फुटवल र सामाजिक कार्यमा अघि बढेको क्लवको नयाँ पदाधिकारीहरुलाई थप हौसला प्रदान गर्न समितिमा बधाई ज्ञापन कार्यक्रमको शुरुवात गरिएको राखेप सदस्य गुरुङले सो अबसरमा बताए ।

राखेप सदस्य गुरुङले पश्चिमाञ्चल र जिल्ला खेलकुदका दुबै समितिको पदाधिकारी रिक्त भएको अबस्थामा आगामी दिनमा आउने समितिले राम्रो काम गर्ने कुनै पनि संघ संस्थालाई समन्वय गरी अघि बढ्न राखेप सदस्य गुरुङले सुझाव दिए । उनले पोखरामा हुने १३ औं सागमा सहारा एकेडेमीको मैदान प्रशिक्षणका लागि प्रयोग गर्न सकिने समेत जनाए । राखेप सदस्य गुरुङले एकेडेमीको फुटवल मैदान थप बिस्तार गर्न सेतीनदी किनाराबाट २० मिटर आवश्यक भएकोले त्यसको लागि आफ्नो तर्फबाट पहल गर्ने जनाए ।

सो अबसरमा राखेप सदस्य राजेश कुमार गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकाससमितिका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, समितिका निर्देशक बिद्या मर्सानी लगायतले क्लवका अध्यक्ष केशब बहादुर सहितको टोलीलाई माला लगायर दुई बर्षीय कार्यकालको सफलताको कामना गर्दै बधाई ज्ञापन गरेका थिए ।

क्लवका संस्थापक अध्यक्ष बसन्त थकालीले सहारा क्लवको २१ बर्षको इतिहासमा पहिलो पटक समितिले क्लवलाई स्वागत तथा बधाई ज्ञापन गर्ने परिपाटीको संस्कार विकास गरेकोमा खुसि ब्यक्त गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे ।

क्लवका पूर्व अध्यक्ष विक्रम थकालीले खेलकुदको सर्वोच्च निकाय राखेप, जिल्ला र क्षेत्रिय खेलकुद विकास समितिलाई अभिभावकत्वको रुपमा आफुहरुले मान्दै आएको अबस्थामा यसपटक क्लवलाई बधाई ज्ञापन गरेसंगै दोहोरो माया हुने विश्वास व्यक्त गरे । सहारा क्लवले हरेक बर्ष बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै परिषदमा नविकरण समेत गर्दै आएको उनले जनाए ।

क्लवका अध्यक्ष केशबहादुर थापाले आउदै गरेको साग अन्र्तगत कुनै पनि जिम्मेवार बहन गर्न क्लव तयार रहेको बताए । उनले भने “हामी फुटवल खेलसंग बढी नजिक छौं, सकभर फुटवल खेल सम्बन्धि कुनै प्रकारको जिम्मा दिएमा त्यसलाई हामीले सफलता पूर्वक जिम्मेवारी वहन गर्न तयार छौं ।”

यसैबिच, पोखरामा निर्माण हुदै गरेको पोखरा फुटवल स्टेडिएमको राखेप सदस्य गुरुङ, क्लवका पदाधिकारी सहितको टोलीले अवलोकन समेत गरेको थियो ।

तस्बिरः सुदर्शन रंजित
