लोमान्थाङमा पहिलो पटक र्याफटिङको सफल परीक्षण, शाहसिक खेलकुदका लागि नयाँ गन्तव्य

पोखरा,
गण्डकी प्रदेशसभा सदस्य ईन्द्रधारा विष्ट हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङमा जन्मे । हिमालपारीको जिल्लामा मोटर देख्ने कुरै भएन । हिँडेरै जिल्ला सदरमुकाम जोमसोम र पोखरासम्मको यात्रा गरे । जीवनमा केही गरौँ भन्ने थियो । त्यही अठोटलाई व्यवहारमा बदल्न उनले खुबै पसिना बगाए ।

उनको आफ्नो मात्र के कुरारु मुस्ताङ अनि देशकै विकास हुनुपर्छ भन्ने भावनाले धेखोला छुनेसुम्दाबाट र्याफटिङ गराउने सपना देखे । सपना देखेर मात्रै हुँदैन, काम पनि त गर्नुप¥यो । उनले उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा रहेको कालीगण्डकीमा र्याफटिङको सफल परीक्षण गराएरै छाडे ।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नम्बर ५ मा पर्ने धेखोला त्रिवेणीबाट घिलिङमुनि रहेको कालीगण्डकीको बगरमा सोमबार र्याफटिङको पहिलो चरणको परीक्षण गरिएको हो । करिब ३४ सय मिटर उचाईबाट सुरु भएको साहसिक खेलमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, गण्डकी प्रदेशका प्रदेशसभा सभासद ईन्द्रधारा विष्ट, लोघेकर गाउँपालिकाका उपाध्यक्ष ढोका गुरुङसहित २८ जना सहभागि थिए । र्याफटिङ थाल्दा सो क्षेत्रको तापक्रम करिब १० डिग्री सेल्सियस थियो भने पानी पनि उत्तिकै चिसो ।

पानीमा हेलिनुअघि प्रदेशसभा सांसद विष्टले ढुंगामा उभिएर र्याफटिङ गाइड मोहन गुरुङले दिएको निर्देशन मात्रै सुनेनन्, कसरी सुुरक्षित हुने भन्ने प्रयोगमा पनि सामेल भए । विष्ट जीवनमै पहिलो पटक र्याफटिङ गर्दै थिए, त्यो पनि आफ्नै क्षेत्रमा । मन्त्री गुरुङ भने अनुभवी थिए तर यत्तिको उचाईमा उनले पनि र्याफटिङको अनुभव लिएका थिएनन् ।

‘व्यावसायिक रुपले संचालन गर्न सकियो भने संभवत् यो नै विश्वको अग्लो ठाउँमा गरिने र्याफटिङ हुनेछ,’ विष्टले भने, ‘पर्यटन प्रवद्र्धन गर्न र नेपाल भ्रमण वर्ष २०२० लाई सघाउनको लागि लोमान्थाङजस्तो उच्च हिमाली क्षेत्रमा र्याफटिङ परीक्षण थालिएको हो ।’ परीक्षण टोलीले करिब २२ किलोमिटर क्षेत्रमा र्याफटिङको बहाना खियाएको थियो । परीक्षणको क्रममा घिलिङको मुनि गएर टोली रोकिएको थियो ।

केही कठिन र पानी छिरलिएको भए पनि संसारकै उच्च ठाउँमा साहशिक खेलको सम्भावना भएको प्राविधिक टोलीका संयोजक तथा गाइड देवराज जैशीले बताए । उनकै कम्पनी कर्णाली र्याफटिङ एण्ड एक्सपिडिसनले कालीगण्डकीको मुहानमै र्याफटिङको परीक्षण गराएको हो । उनले दोस्रो चरणमा गरिने बिस्तृत परीक्षणपछि यो क्षेत्रमा व्यावसायिक रुपले र्याफटिङ गर्न सकिने बताए ।

र्याफटिङमा सरिक भएका गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आन्तरिक पर्यटन वर्ष मनाइरहेको गण्डकी प्रदेशको उद्देश्य पनि नयाँ गन्तव्य र साहशिक खेलको प्रवद्र्धन गर्नु रहेको बताउँदै संसारकै अग्लो ठाउँमा गरिने र्याफटिङले एउटा साहशिक गन्तव्य थपिने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close