लामाचौर महिला भलिबलको उपाधी नेपाल पुलिसलाई, सिपोराले उकास्न सकिनन डायमण्डलाई

पोखरा,
विभागिय टोली नेपाल पुलिस क्लवले लामाचौरमा आयोजित महिला भलिवल प्रतियोगिताको उपाधि जितेको छ ।

पोखराको लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना भएको उक्त प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा पुलिसले न्यू–डायमण्ड एकेडेमी काठमाण्डौंलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

कोपिला उप्रेतिको कप्तानिमा मैदानमा उत्रिएको पुलिसले ललिता नाथको कप्तानिमा मैदानमा उत्रिएको न्यू–डायमण्डलाई २५–१६, २५–१४ र २५–२० को सेटमा पराजित गरेको हो ।

यस पटक अन्तिम समयमा आएर डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी वलको एपिएफले सहभागिता जनाएन भने विभागिय टोली नेपाल आर्मी समेत नआउदा नेपाल पुलिसले लामाचौर महोत्सवको अवसरमा आयोजित उक्त प्रतियोगितामा यसपटक सहित दुई पटक उपाधि जित्न सफल भएको छ ।

प्रतियोगितामा केबल ६ टिमको सहभागिता रहेको थियो । तिन टिम बाहेक अन्य टिमको सहभागितामा मात्रै सिमित भएको छ । प्रतियोगिताको अवधी लम्विदै गएपनि लामाचौरमा आयोजना हुने महिला भलिबलको शाख खस्किंदै गएको प्रति सबैले चिन्ता ब्यक्त गरेका छन । आयोजकले मुख्य टिमहरुलाई प्रतियोगितामा सहभागिता गराउन नसक्नु मुख्य कारण भएको बताइन्छ ।

पूर्व राष्ट्रिय खेलाडी सिपोरा गुरुङ सहित मैदानमा उत्रिएको न्यू–डायमण्डका प्रशिक्षक कुमार राईले ब्लकिङ र डिफेन्स सहित कमजोरीका कारण आफुहरु पराजित भएको बताए । सिपोरा गुरुङले आफुहरुले सोचे अनुसार फाइनल खेलमा खेल्न नसकेको राइले बताए । आफ्नो टिमका दुई खेलाडी प्रतिभा मालि र रस्मिता दुराको अभाव खड्किएको उनको भनाई थियो । सिपोराले आफूलाई अनुरोध गरेका कारण टिममा समावेश गरिएको जनाए ।

यता सिपोराले भने अघिल्लो खेलको तुलनामा फाइनल खेल सोचे अनुसार खेल्न नसकेको जनाइन् । उनले आफु ओपन स्पेसमा खेल्ने गरेको तर न्यू डाइमण्डबाट अलराण्ड खेल्दा केही समस्या भएको जनाइन । उनी करिब ३ बर्ष पछि मैदानमा कम व्याक गरेकी हुन ।

पुलिसका प्रमुख प्रशिक्षक रुपेश विष्टले आफुहरुसंग अनुभवी तथा राष्ट्रिय बिच भलिवल खेल्ने ३ जना खेलाडीहरु भएको हुनाले पनि जित सहज भएको बताए । कप्तान कोपिला उप्रेति, पुष्पा चौधरी र मनिषा चौधरी बिच भलिवलका खेलाडी हुन ।

नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा इन्द्रराज्य लक्ष्मि माविको परिसरमा सोमबार तेश्रो स्थानको लागि भएको प्रतिष्प्रर्धामा घरेलु टिम गण्डकी प्रदेश तेश्रो भएको छ । गण्डकी प्रदेशले श्रीराम खेलकुद विकास समिति दाङलाई २५–१३, २५–२० र २५–१८ को सेटमा पराजित गरेको हो । प्रतियोगितामा विजेता टोलीलाई एक लाख १ सय ५५, उपविजेतालाई ६५ हजार ५ रुपैया र तेश्रो हुनेलाई २५ हजार ५ रुपैया साथमा शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीमा नेपाल पुलिसकी मनिषा चौधरी घोषित भईन । त्यसै गरी प्रतियोगितामा पुलिसकी शुसिला थापा उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रोमा गण्डकी प्रदेशकी रश्मिता दुरा, उत्कृष्ट स्पाइकरमा पुलिसकी कोपिला उप्रेति, उत्कृष्ट सर्भरमा न्यू डाइमण्डकी झरना श्रेष्ठ, उत्कृष्ट क्विकरमा गण्डकी प्रदेशकी पवित्रा सेन्चुरी, उत्कृष्ट ब्लकरमा पुलिसकी पुष्पा चौधरी घोषित भइन ।

विजयी खेलाडीहरु तथा टोलीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, नेपाल भलिवल संघका उपाध्यक्ष यम बहादुर गुरुङ, समाजका मानार्थ सदस्य बाबुराम आचार्य लगाएतले पुरुस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Translate
Close
Close