पौडी र आर्चरी टोली प्रशिक्षणका लागि जापान प्रस्थान

पोखरा, १४ साउन । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई मध्यनजर गर्दै पौडी र आर्चरी टोली मंगलबार जापानको टोकुसिमा प्रस्थान गरेको छ ।

पौडी खेलाडीमा अनुभव सुब्बा, दिपांकर अवाले, उपास्ती महर्जन र अनुसिया तण्डुकार रहेका छन् । प्रशिक्षकमा पौडी मुख्य प्रशिक्षक शंकर कार्की छन् । आर्चरी खेलाडीमा तिलक पुन मगर, रोशन नगरकोटी, ज्ञानु अवाले र मित्र राई छन् । अफिसियलमा नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे । तालिम अगष्ट १ देखि सेप्टेम्बर २ तारिखसम्म हुनेछ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close