पोखराको हिमालय क्लवले गर्यो ह्याण्डवल खेलाडीलाई सम्मान

पोखरा, ११ साउन । पोखरा १६ बाटुलेचौरमा रहेको हिमालय क्लवले ह्याण्डवलका खेलाडीहरुलाई सम्मान गरेको छ । नेपालगञ्जमा हालै सम्पन्न आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुषतर्फको ह्याण्डवल प्रतियोगितामा गण्डकी प्रदेशलाई स्वर्ण पदक र महिला तर्फ काश्य पदक दिलाउने खेलाडीहरुलाई क्लवले सम्मान गरेको हो ।

क्लवले शनिवार आयोजना गरेको सम्मान कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा विष्ट, कृष्ण थापा, मेखलाल श्रेष्ठ, कुमार खड्का, नेपाल ह्याण्डवल संघका केन्द्रीय अध्यक्ष तेज बहादुर गुरुङ, हिमालय कलवका अध्यक्ष मोहन बहादुर थापा लगायतले संयुक्त रुपमा माला, अविर र सम्मान पत्रले खेलाडीहरुलाई सम्मान सम्मान गरेका हुन ।

सो अवसरमा वोल्दै गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा विष्टले खेलाडीहरुलाई राज्यले सम्मान गर्न नसकिरहदा हिमालय क्लवले आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भइ गण्डकी प्रदेशको नाम राख्न सफल पुरुष र महिला खेलाडीहरुलाई सम्मान गरी खेलप्रति हौसला जनाएको वताए ।

खेल क्षेत्रको बिकास र खेलाडीहरुलाई हौसला प्रदान गर्नु हामी सवैको दायित्व भएको वताउदै विष्टले आगामी दिनमा पनी प्रदेशको नाम राख्नेगरी काम गर्न खेलाडीहरुलाई आग्रह गरे । त्यसैगरी बाटुलेचौरमा हिमालय क्लवको आयोजनामा हुने तिज महोत्सवलाई समेत आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने समेत उनले वताए ।

त्यस्तै अर्का प्रदेश सभा सदस्य मेखलाल श्रेष्ठले खेलको माध्यमबाट गण्डकी प्रदेशको नाम अग्रस्थानमा राख्न महत्वपूर्ण भुमिका खेल्ने खेलाडीहरुलाई हिमालय क्लवले सम्मान गर्दै हौसला प्रदान गरेकोमा धन्यवाद ब्यक्त गर्दै बाटुलेचौर तिज महोत्सवलाई आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

सो अवसरमा वोल्दै नेपाल ह्याण्डवल संघका केन्द्रीय अध्यक्ष तेज बहादुर गुरुङले हिमायल क्लवले ह्याण्डवलका खेलाडीहरुले आगामी दिनमा गण्डकी प्रदेशको मात्र नभइ नेपालकै नाम राख्नेगरी खेलतर्फ लाग्नुपर्नेमा जोड दिए ।

उक्त अवसरमा बाटुलेचौरमा रहेको विन्दबासिनी माध्यामिक विद्यालयबाट हालै सम्पन्न एसइइ परीक्षा २०७५ मा उत्कृष्ट जिपिए ल्याउन सफल मोनिका पौडेल, सविना क्षेत्री र सन्दीप सापकोटालाई पवित्र प्रेमनारायण स्मृती शैक्षिक पुरस्कारबाट समेत सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close