ओलम्पिक अध्यक्ष श्रेष्ठले गरे नेपाली जुडो टोलीलाई बिदाई

पोखरा, ९ साउन । ताईवानमा आयोजना हुने ताईपे एसियन जुडो क्याडेट एण्ड जुनियर जुडो च्याम्पियनसिप तथा ताईपे एसियन ओपन जुडोमा नेपालबाट ३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

दुई प्रतियोगितामा जाने नेपाली टोलीलाई बिहिबार नेपाल ओलम्पिक कमिटिले विदाई गरेको छ । प्रतियोगितामा नेपालबाट मनिता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनी, इन्द्र बहादुर श्रेष्ठले ६६ केजी माथि र मोहन बमले ६० केजीमुनि प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली टोलीको प्रशिक्षकमा दिपक कृष्ण श्रेष्ठ रहेका छन् । नेपाली टोलीको नेतृत्व नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्यले गर्ने छन् ।

ताईपे एसियन जुडो क्याडेट एण्ड जुनियर जुडो च्याम्पियनसिप जुलाई २५ देखि ३० सम्म र ताईपे एसियन ओपन जुडो १ अगस्ट देखि ४ सम्म आयोजना हुनेछ ।

नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा संघिय सांसद जीवन राम श्रेष्ठ,जुडो संघका पदाधिकारी लगायतले विदाई गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close