
काठमाडौं । चीनमा आयोजना हुने स्केटबोर्डको एशियन स्केटबोर्डिङ युथ क्याम्प (स्ट्रिट/बो) मा दुई नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् ।
चीनको नानजिङमा आयोजना हुने क्याम्पमा बसन्त राई र पेम्बा श्रेष्ठले सहभागिता जनाउने छन् । क्याम्प यहि जुलाई २८ देखि अगस्ट १० चल्नेछ । नेपाली टोलीको प्रशिक्षकमा उज्जवल डंगोल रहेका छन् ।
नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा संघिय सांसद जीवन राम श्रेष्ठ, जुडो संघका पदाधिकारी लगायतले विदाई गरे ।