क्यान्सर रोग विरुद्ध च्यारिटीका लागि यूकेको रेडिङमा दौड

पोखरा, २९ असार । क्यान्सर रोग विरुद्ध सचेतनाका साथै च्यारिटी संकलनकालागि यूकेको रेडिङमा महिलाहरुको ५ किलोमिटर दौडको सम्पन्न भएको छ ।

विशेष गरि क्यान्सर रोगका लागि काम गर्दै आइरहेको क्यान्सर रिसर्च सेन्टरलाई च्यारिटीका माध्यम बाट रकम संकलन गर्न यस्तो कार्यक्रम आयोजना गर्ने गरिएको तमु धि एशोसियसन यूकेका संस्थापक अध्यक्ष मिन गुरुङ ‘सिक्लेसी’ले जनाएका छन ।

यो च्यारिटी दौडमा तमु धिं एशोसियसन यूकेका आमा समुहहरुको सहभागिता रहेको गुरुङले जानकारी दिए । संस्थाका ‘फष्र्ट लेडी’ जगत माया गुरुङको नेतृत्वमा ३८ जना नेपाली महिलाहरुको दौडमा सहभागि रहेको गुरुङले बताए ।

च्यारिटी दौडमा करिब ९ सय पाउण्ड संकलन भएको उनले जानकारी दिए । चार वर्ष देखि लगातार रेडिङको प्रोष्पेक्ट पार्कमा आयोजना भएको दौडमा रेडिङ लगाएत आसपासमा बस्ने करिब ५ हजार जनाको सहभागिता रहेको थियो । यो कार्यक्रम हरेक वर्ष आयोजना हुने गरेको छ ।

कार्यक्रमलाई सफल बनाउन तमु धि एशोसियसन यूकेका अध्यक्ष नन्दजंग गुरुङ गाएत अन्य पदाधिकारीको समेत एकेवद्धता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Translate
Close
Close